विप्लव माओवादीले माग्यो गाउँपालिका अध्यक्षको राजीनामा

मङ्गलबार, ०४ बैशाख २०७५, १८ : ५० अनिल भण्डारी

सिन्धुली– विप्लव नेतृत्वको नेकपा माओवादीले यहाँको हरिहरपुरगढी गाउँपालिका अध्यक्षको राजीनामा माग गरेको छ। जिल्ला जनपरिषद् सिन्धुलीले पत्र पठाएर राजीनामा मागेको हो। 

गत चैत २५ गतेको पत्रमार्फत केन्द्रिय जनपरिषद् नेपालको निर्माणसँगै प्रदेश जिल्ला र नगर गाउँस्तरमा समाजवादी सत्ता सञ्चालन गरिसकेको र पुरानो सत्ता खारेज गर्ने केन्द्रिय नीति अनुरुप सिन्धुली जिल्लाको हरिहरपुरगढी खाली गर्ने निर्णय जिल्ला जनपरिषद्ले गरेकाले राजीनामा दिन भनिएको छ।

‘जनपरिषद्को निर्णय अनुसार तपाईले गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिनुहुन अनुरोध गर्दछौं, यदि यो अपिललाई वेवास्ता गरि पुरानै सत्ता अन्तर्गत कार्य गर्नुभएमा त्यसको परिणाम तपाइले नै व्यहोर्नुपर्ने पनि यसै पत्रमार्फत जानकारी गराउदछौं’, पत्रमा भनिएको छ। पत्र प्राप्त भएको १५ दिनभित्र राजीनामा सार्वजनिक भइसक्नुपर्ने र अन्यथा भए थप संघर्षको कार्यक्रम अगाडि बढाइने भन्दै धम्कीपूर्ण पत्र गाउँपालिका अध्यक्षलाई आएको हो। 

वर्तमान संसदीय दलाल पुँजीवादी व्यवस्थालाई जरैदेखि उखेलेर फाल्ने र त्यसको ठाँउमा बैज्ञानिक समाजवादी व्यवस्था निर्णमा गर्ने उद्देश्य आफूहरु क्रियाशिल रहेको भन्दै पत्रमा पुरानो सत्ता दलाल पुँजीवादहरुको सेवक, भ्रष्टचारीको कारखाना र जनउत्तरदायीविहिन भएकाले पूर्ण रुपले अस्वीकार गरेको उल्लेख छ। 

यसबारे हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ तामाङसँग बुझ्दा उनले धम्कीपूर्ण पत्र आएको स्वीकार गरे। उनले आफू कसैसँग नडराउने र राजीनामा पनि नदिने स्पष्ट पारे।






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad