लुम्बिनीबारे प्रचार गर्न जापानमा शान्ति पदयात्रा हुने

मङ्गलबार, ०४ बैशाख २०७५, १७ : २० नारायण रिमाल

टोकियो- जापानको राजधानी टोकियोमा शान्ति पदयात्रा गरिने भएको छ। गौतम बुद्ध र उनको जन्मस्थल लुम्बिनीबारे जापानमा प्रचार गर्न चौथौं शान्ती पदयात्राको आयोजना गर्न लागीएको हो। बिगतका बर्षहरूमा 'वि फर अल जापान' र नेपाल जापान यूथ क्लबको संयुक्त आयोजनामा हुने गरेको यस कार्यक्रम यसपटक भने एनआरएनए जापानको आयोजनामा सम्पन्न हुँदैछ।

'शान्ती पद यात्राले बुद्धको जन्मस्थलबारेको जापानी नागरिकहरूको भ्रम लाई चिर्न मद्दत पुग्ने छ', एनआरएनए जापानका उपाध्यक्ष तथा शान्ती पदयात्राका संयोजक सरोज कुमार खत्रीले भने, 'जापानबासी सम्पूर्ण नेपालीहरूको उपस्थितिमा कार्यक्रमलाई सफल बनाउनेछौं।' अप्रिल २९ तारिख आईतबारका दिन आयोजना हुन लागेको शान्ती पदयात्राले बुद्ध नेपालमा जन्मीएका हुन् भन्ने सन्देश दिनुका साथै नेपालको पर्यटन प्रबर्दन समेत हुने अर्का संयोजक लेलिन भट्टचनले नागरिकन्युजलाई बताए।

गतवर्ष सम्म टोकियोको सिबुया मियाशिता पार्कमा आयोजना भएको शान्ती पदयात्रा यस पटक भने टोकियोको मुटु मानिने सिन्जुकु चोउ पार्क बाट सुरु हुनेछ। बिहान १०:३० बजे पार्कमा भेला भर्इ ११ बजेबाट गरिने शान्ती पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश बोकेका प्लेकार्ड,ब्यानर सहित शान्तीपूर्ण ढंगले यात्रा गरिने आयोजकले  जनाएको छ।पदयात्रा मार्फत् नेपाली कला,संस्कृति,भेषभुषा आदिको समेत प्रचार हुने भएकोले नेपाल र नेपालीको परिचय दिने भेषभुषामा सहभागी हुन आयोजक एनआरएनए जापानले सम्पूर्ण जापानबासी नेपालीलाई हार्दिक अपिल गरेको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad