४ वैशाख २०८१ मंगलबार
समाज

प्रहरी हिरासतमा ब्राउनसुगर पुर्‍याउन खोज्दा...

सुर्खेत-चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई लागूऔषध ब्राउनसुगर पुर्‍याउन गएकी महिला पक्राउ परेकी छन्। चोरी आरोपमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका वीरेन्द्रनगर–१० का २४ वर्षीय प्रेम सिंहलाई लागूऔषध ब्राउनसुगर दिँदै गर्दा २० वर्षीया कल्पना सिंह पक्राउ परेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयका अनुसार चुइगमभित्र लुकाइएको ब्राउनसुगर श्रीमानलाई दिन लाग्दा बिहीबार बिहान कल्पना पक्राउ परेकी हुन्। प्रहरीले चुइगमभित्र लुकाइएको एक सय ७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। कल्पनाले चपाइएको चुइगमभित्र प्लाष्टिकले बेरेर ब्राउनसुगर मुखभित्र राखेकी थिइन्।

‘भेट्ने क्रममा मुखबाट चुइगम निकालेर श्रीमानलाई दिन लाग्दा गार्डले शंका मानेर चेकजाँच गर्दा उक्त परिणामको लागूऔषध फेला पर्‍यो’ प्रहरी निरीक्षक पाण्डेयले भने, ‘कल्पनालाई तत्कालै पक्राउ परेर अनुसन्धान सुरु गरेका छौं ।’ श्रीमानलाई ब्राउनसुँगर पुर्याउन गएकी कल्पना अहिले आफै प्रहरी हिरासतमा छिन् । ‘अदालतबाट म्याद थप गरेर हामीले घटनाबारे अनुसन्धान सुरु गरेका छौं’ उनले भने, ‘ब्राउनसुँगर कहाँबाट ल्याएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रीत छ।’ कल्पनाका श्रीमान प्रेम साउन ३० गते घुम्ती पसल र फ्रेस सेन्टरमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए।

प्रकाशित: १० भाद्र २०७३ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App