coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भन्सार राजश्व घट्दै

झुलाघाट भन्सार कार्यालय। तस्बिर : नागरिक

बैतडी –    कुनै समय दोब्बर बढी राजश्व संकलन गर्ने महाकाली भन्सार कार्यालयमा पछिल्लो समय लक्ष्य भेटाउनै समस्या  हुने गरेको छ। अघिल्ला वर्षमा लक्ष्यको दोब्बर राजश्व संकलन गर्दै आएको भन्सार कार्यालय झुलाघाटमा आर्थिक वर्ष ०७३/०७४ मा वार्षिक लक्ष्य पु-याउन समस्या भएको भन्सार कार्यालयले जनाएको छ। यो वर्ष भने लक्ष्यअनुसार राजश्व संकलन हुने संभावना न्यून बन्दै गएको छ।

कुनै बेलाको ७ नम्बर प्रदेशका पहाडी जिल्लाको मुख्य नाका झुलाघाट चल्तीको भन्सार थियो। पहाडी जिल्लामा सडक सञ्जाल जोडिदै गएपछि यो नाका पछिल्लो समय कम चल्न थालेको छ। यहाँबाट नेपाल भित्रने समाग्री घट्दै गएपछि राजश्वमा कमी आएको भन्सार प्रमुख दिल्लीराम सुवेदीले बताए।

आर्थिक वर्ष २०७२/०७३ मा भन्सार कार्यालयले ८६ लाख ५३ हजार  रुपैयाँ लक्ष्य राखेकोमा एक करोड ४४ लाख राजश्व असुली गरेको थियो। यस्तै आर्थिक वर्ष २०७३/०७४ मा ९० लाख लक्ष्य राखेकोमा मुस्किलले ९१ लाख ९७ हजार ३५ रुपैयाँ राजश्य संकलन भएकोे थियो। यस आर्थिक वर्षमा पनि कार्यालयले एक करोड २० लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको छ, तर आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहदा अहिलेसम्म ५० लाख दुई हजार पाँच सय ९ रुपैयाँ मात्र राजश्व संकलन भएको छ।

तीन महिनामा राजश्व संकलनमा सुधार नभइ यसै हिसाबले जाने हो भने लक्ष्य भेटाउन नसकिने भन्सार प्रमुख सुवेदीले बताए। पछिल्लो समय बढी राजश्व उठ्ने सिमेन्ट लगायतका अन्य समाग्री नेपालबाटै आउन थालेकाले पनि राजश्वमा गिरावट आएको कार्यालयको भनाइ छ। राजश्य घट्नुमा भन्सार छल्ने प्रवृति पनि बढदै गएको स्थानीय बताउँछन्। बैतडीको झुलाघाट र दार्चुलाको धार्चुला नाकाबाट बढीजसो चप्पल, गुड, सिमेन्ट र कपडालगायतका समान आयात हुने गरेका छन्।

प्रकाशित: ४ वैशाख २०७५ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App