७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले – माओवादी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं – एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बिहान ९ बजेबाट  बैठक बस्ने प्रधानमन्त्री स्रोतले जनाएको छ।

बैठकमा दुई दलबीच मतभेद रहेका विषयमा छलफल गरी ठोस निष्कर्षमा पुग्ने बताइएको छ। बैठकमा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ।

यस अघि सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो।

छलफलमा दुवै अध्यक्षले एकता प्रक्रियाबारे आआफ्नो धारणा राखेका थिए।

प्रकाशित: ४ वैशाख २०७५ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App