coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

महालक्ष्मीको स्मार्ट बैकिङ सुरु

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले स्मार्ट बैंकिङ सुरु गरेको छ । नयाँ वर्षका दिन एक कार्यक्रम आयोजना गरी बैंकले उक्त सेवा सुरु गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कम्प्युटरको बटन थिचेर एमएलबिबिएल स्मार्ट बैंकिङ सलुसन नामको स्मार्ट बैंकिङ सेवा उदघाटन गरेका थिए।महालक्ष्मीले ग्राहकलाई छिटो छरितो र अझ सरल बैंकिङ सेवा उपलब्ध गराउन यसको थालनी गरेको जनाएको छ । यसबाट नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट आदिको महसुल भुक्तानी, इ–सेवामा रकमान्तर जस्ता सुविधा लिन सकिन्छ।

उक्त कार्यक्रममा नियमनकारी निकायका उच्च पदस्थ अधिकारी, विभिन्न वित्तीय संस्थाका प्रतिनिधि, बैंक सञ्चालक समितिका अध्यक्ष एवं सदस्यहरु, बैंक सञ्चालक समितिका पूर्वसदस्यहरु, सञ्चारकर्मी, बैंकका सेयरधनीहरु, ग्राहक र कर्मचारीको उपस्थिति रहेको बैंकले जनाएको छ।

महालक्ष्मी विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको संस्था हो।बैंकले आगामी दिनमा स्मार्ट बैंकिङ सेवा अझ प्रभावकारी बनाउन भाइबर बैंकिङ र एनइआरयू लगायत सेवा, सुविधा उपलब्ध गराउन अन्तिम तयारी गरिरहेको छ।
 

प्रकाशित: ४ वैशाख २०७५ ०१:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App