७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहालले पार्टी एकताबारे मंगलबार महत्वपूर्ण निर्णय लिने

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई निष्कर्षमा पु¥याउने जिम्मेवारी पूरा गर्न आफू लागिपरेको बताएका छन्। 

अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको नेपाली विशिष्टतामा ‘समाजवादी शिक्षाको प्रारुप’ विषयक बृहत् शैक्षिक कार्यशालाको सोमबार उद्घाटन गर्दै उनले पार्टी एकतालाई निष्कर्षमा पु¥याउनुपर्छ, एकता अहिलेको महत्वपूर्ण विषय भएको बताए।

अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिए। 

निजीक्षेत्रलाई निषेध होइन, यसप्रति अभिभावकको सम्बन्ध विस्तारै घटाउँदै लैजाने शिक्षामा सरकारको लगानी बढाउनुपर्ने बताउँदै उनले अहिलेको शिक्षा पूँजीवादी र साम्राज्यवादी भएको हुँदा अब सामाजिक जीवन उपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिए। 

प्रकाशित: ३ वैशाख २०७५ १५:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App