वैदेशिक रोजगारका क्रममा जेल परेका नेपालीको सरकारले कानुनी प्रतिक्षा गर्ने

सोमबार, ०३ बैशाख २०७५, २० : ०७ नागरिक


काठमाडौं-  वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भाषाको ज्ञान नभएका कारण नेपाली श्रमिकले विभिन्न समस्या भोग्नु परेको उल्लेख गर्दै जेल परेका कामदारलाई सम्बन्धित निकायसँग समन्वय गरी कानुनी उपचार प्रदान गरिने जानकारी दिए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्य–पूर्वी देशमा करिब ५०० नेपाली श्रमिक जेलमा रहेको जनाएको छ ।

वैदेशिक श्रमिकबाट प्राप्त हुने विप्रेषणले मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब ४० प्रतिशत योगदान रहेको बताउँदै मन्त्री विष्टले विप्रेषणको निश्चित प्रतिशतलाई उत्पादनमूलक कार्यमा सरकारले लगानी गरी उनीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरिने बताए।

उनले भने, “सामाजिक न्याय उपलब्ध गराउन भाषा र सीप जानेका जनशक्तिलाई सम्बन्धित मुलुकमा बसोबासको व्यवस्था गरी कानुनी परामर्श तथा अन्य भाषागत सहयोगसमेत उनीहरुलाई दिइने छ।”
मन्त्रालयले श्रमिकलाई गन्तव्य मुलुकको सेवा सुविधा निर्धारण गर्न, कामदारको सुविधा र श्रमिक पठाउन सकिने विषयमा र विप्रेषणलाई अनिवार्य रुपमा बैंकिग प्रणालीबाट स्वदेशमा प्राप्त गर्नेसम्बन्धमा तीन वटा कार्यदल गठन गरेको छ।

वैदेशिक श्रमिकको कामका सिलसिलामा दुर्घटना वा विभिन्न कारणबस मृत्यु भएकाको शवलाई स्वदेश ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्ने स्थानको १० दिनभित्र व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ। रासस







यसमा तपाईको मत

अन्य समाचार

तेस्रो स्थान भिडन्त:  बेल्जियमसँग समूह चरणको बदला लिनसक्ला इंग्ल्याण्डले?

तेस्रो स्थान भिडन्त: बेल्जियमसँग समूह चरणको बदला लिनसक्ला इंग्ल्याण्डले?

विश्वकप फुटबल अन्तर्गत शनिवार तेश्रो स्थानका लागि हुने खेलमा बेल्जियम विरुद्ध मैदान उत्रदा इंग्ल्याण्डको एउटै लक्ष्य हुनेछ, समूह चरणमा व्यहोरेको...

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि...

आमाको श्राद्ध गर्न लाग्दा घर डुबानमा परेपछि...

अविरल बर्षाका कारण आएको बाढीले बिहीबार भक्तपुर जलमग्न भयो। हनुमन्ते खोलाको भेलले यहाँका घरहरु डुबानमा परे। सर्वसाधारण घरभित्रै बन्धक जस्तै...

भक्तपुरमा डुबान (हेर्नुस् भिडियो)

भक्तपुरमा डुबान (हेर्नुस् भिडियो)

बुधबार रातिदेखिको अविरल वर्षाले भक्तपुर डुबानमा परेको छ। भक्तपुरका स्थानीय हनुमन्ते, खासाखुसी खोलाको पानीको सहज निकास नहुँदा र गहिरो क्षेत्रका...

क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक (भिडियाे)

क्रोएसिया पहिलो पटक विश्वकपको उपाधि नजिक (भिडियाे)

क्रोएसिया पहिलो पटक विश्वकप फुटबलको फाइनल प्रवेस गरेको छ। रुसको मस्को स्थित लुज्निकी रङ्गशालामा बुधबार राती सम्पन्न खेलमा क्रोएसियाले इंग्ल्याण्डलाई...

विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

विश्वकप सेमिफाइनल: फ्रान्स विरुद्ध बेल्जियमले रच्ला इतिहास? (भिडियो)

उपाधी दाबेदार ब्राजिललाई हराउँदै ३२ वर्षपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेको बेल्जियम मंगलबार सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा बलियो टोली फ्रान्ससँग भिड्दैछ...

ह्विल चियरमा विश्वकप

ह्विल चियरमा विश्वकप

दैलेखका २० वर्षीय रमेश क्षेत्रीले २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाए । त्यसयता उनी ह्विल चियरमै छन् । यसैमा बसेर...

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

प्रधानमन्त्री ओलीले संस्कृत शिक्षा मास्न खोजे: उपकुलपति कोइराला (भिडियो)

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई हिजो क्यानडा उड्न लागेका बेला विमानस्थलबाट बालुवाटार पुर्याइयाे । गार्डरुममा एक घन्टा...

‘यो सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ’ (भिडियो)

‘यो सरकार ठूल्ठूला गफ गर्ने मात्र होइन निरंकुश बन्न खोजिरहेछ’ (भिडियो)

नेकपा मालेका महासचिव सीपी मैनालीले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निरंकुश बन्ने बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्। ...