७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार

नयाँ दिल्ली–भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ ।

स्रोतका अनुसार बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको वार्ताको प्रस्तावलाई अस्वीकार गरेका हुन्।चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गरेका थिए ।

इस्लामाबादस्थित भारतीय राजदूतलाई बुधबार चौधरीद्वारा वार्ताका प्रस्ताव गरिएको पत्र बुझइएको समाचारमा उल्लेख छ ।अगस्त १९ को मिति भएको पाकिस्तानी विदेश सचिवद्वारा वार्ताको प्रस्ताव गरिएका सो पत्र राजदूतलाई बुधबार बुझाइएको बताइएको छ ।

दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको थियो । केही समयअघि भारत अधिनस्थ कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक केटा मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न तनावकै अवस्थामा यो प्रस्ताव गरिएको हो । रासस÷सिन्ह्वा

प्रकाशित: १० भाद्र २०७३ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App