७ वैशाख २०८१ शुक्रबार
प्रवास

जापानमा नेपाली खेलाडी विजयी

जापान-जापानमा नेपाली युवा बक्सर खेलाडीले बिजय हाँसिल गरेका छन्।नेपाली युवा बक्सर अविरल घिमिरेले जापानी  बक्सर खेलाडी वादा मासाकी (राधा)लाई रिंगमा ढाल्दै एस-व्याट्लको उपाधि हात पारेका हुन्। तीन राउण्डको तीन चरणको खेलमा अंक बराबरी हुँदा अतिरिक्त खेलाईएको थप दुई मिनेटको समयमा घिमिरेले प्रतिस्पर्धी राधालाई पराजित गर्दै जापानमा नेपालको शीर उँचो राखेका हुन्।

आईतबार जापानको नागोया शहरमा भएको खेलमा विजयी भएका १८ वर्षीय बक्सर अविरल घिमिरे सपरिवार जापानमा बस्दै आएका छन् । घिमिरेका पिता देव घिमिरे अन्तर्राष्ट्रिय स्तरको के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुन् ।सन् २०१६ बाट किक बक्सिगं खेल्न थालेका घिमिरेको यो सातौं बिजय हो।खेल हेर्न ठूलो संख्यामा जापानी तथा नेपाली समर्थकहरुको उपस्थिति रहेको थियो। जीत संगै हर्षित मुद्रामा घिमिरेले भने, 'नेपालको नाम राख्न सकेकोमा खुशी लागेको छ।'  घिमिरेद्वारा पराजित जापानी बक्सर राधा अन्तराष्ट्रीयस्तरमा व्यावसायिक किक बक्सिंग खेल्दै आएका खेलाडी हुन्।

प्रकाशित: ३ वैशाख २०७५ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App