परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

सोमबार, ०३ बैशाख २०७५, १७ : ३५ नागरिक

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि राति ११ बजे बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।  

भ्रमणको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै मन्त्री ज्ञवालीले भ्रमणका दौरानमा आफूले समकक्षी वाङसंग औपचारिक द्विपक्षीय भेटघाट गर्ने जानकारी दिए। ‘तत्पश्चात हामी दुईले संयुक्त रुपमा प्रेसलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ’, उनले जानकारी गराए।

उनका अनुसार बेइजिङ बसाईको क्रममा त्यहाँका उच्च नेता (राष्ट्रपति, प्रधानमन्त्री)सँग भेटघाटको कार्यक्रम रहेको छ। मन्त्री ज्ञवालीले चाइनिज थिङ्क ट्यांकको राउण्ड टेबल बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार बेइजिङपछि मन्त्री ज्ञवाली सिचुआँन प्रान्तको छेन्दु शहर पुग्नेछन्। त्यहाँ उनले सिचुआँन प्रान्तको उच्च नेतृत्ववर्गसँग भेटघाट तथा रसिचुआँन विश्वविद्यालयमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्नेछन्। 

परराष्ट्रमन्त्रीको भ्रमण दलमा चीनका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका अधिकारी र दूतावासका अधिकारीहरु सम्मिलित छन्।

परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रेस ब्रिफिङकाे पूर्णपाठ

यहाँहरुलाई विदितै छ मुलुककको परराष्ट्र नीतिको अभिष्ट हाम्रो राष्ट्रिय हितको रक्षा गर्नु नै हो । नेपालको संविधान, 2072 ले नेपालको राष्ट्रिय हितको परिभाषा गरी हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शन गरेकोछ । संविधानले निर्दिष्ट गरेजस्तैसंयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त, पंचशीलका सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मान्यताहरु नै नेपालको परराष्ट्र नीतिका प्रमूख आधारहरु हुन । नेपालको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधिनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्नु हाम्रो उद्देश्य हो । सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नलिने हाम्रो परराष्ट्रनीतिको ध्येय रहेको  छ। आपसी सम्मान, अहस्तक्षेप, सार्वभौमिक समानता, न्यायपूर्ण र आपसी हितमा आधारित सम्बन्धले नै मित्रता र असल सम्बन्धलाई मजबुत र प्रगाढ बनाउँछ भन्ने हाम्रो मान्यता हो । मित्रता र सम्बन्धको स्थायित्व एवं सुनिश्चचताले दिर्घकालीन सदभावलाई घनिभूत बनाउदछ भन्ने हाम्रो विश्वास रहेकोछ। एक समावेशी, प्रगतीशील, लोकतान्त्रिक मुलुककको रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र मुलुकमा आर्थिक सामाजिक विकास हासिल गर्ने दिशामा नेपालको कुटनीतिक संयन्त्रलाई परिचालन गर्ने हाम्रो लक्ष्य रहेको व्यहोरा म यँहाहरुलाई अवगत गराउन चहान्छु ।

छिमेकीहरुसँगको मैत्रिपूर्ण र सन्तुलित सम्बन्ध हाम्रो प्राथमिकता रहेको छ । हाम्रो विस्तारित छिमेकमा (Extended Neighbourhood) रहेका मित्रराष्ट्रहरुसँग पनि व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्दै जाने हाम्रो नीति छ । श्रमिक गन्तव्यको रुपमा रहेका  मुलुकहरुसँग आपसी हित र पारस्परिक सदभावका आधारमा सम्बन्धलाई मजबुत बनाउने तथा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको हित संरक्षण गर्ने हाम्रो प्रमूख प्राथमिकता मध्ये एक हो ।ति मुलुकहरुसँग पनि व्यापार र लगानीका संभावना खोजी गरी प्रवर्द्धन गर्ने प्रयत्न रहनेछ । त्यसैगरी विश्वका प्रमूख शक्तिराष्ट्रहरु एवं नेपालका विकास साझेदारहरुसँग विश्वास र सदभावको सम्बन्ध कायम गरी नेपालको विकास र समृद्धिमा समर्थन र सहयोग जुटाउने हाम्रो नीति निरन्तर रहेकोछ ।

यहाँहरुलाई थाहै  छ , सम्माननीय प्रधानमन्त्रीले हालैमात्र छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ । धेरै हिसाबले यो भ्रमण मौलिक, भिन्न र सफल रहेको कुरा यँहाहरुलाई अवगतनै  छ । भ्रमणले आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पुर्याएको  छ। छिमेकीहरुसँग आपसी विश्वास, समानता, सम्मान एवँ पारस्परिक लाभका आधारमा मर्यादित , सन्तुलित र व्यवस्थित सम्बन्ध कायम गर्ने दिशामा यो भ्रमण सफल भएकोछ। नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग र रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्नका लागि 3 छुट्टा छुट्टै वक्तव्य जारी भएको बारे यहाँहरुलाई अवगतनै छ । त्यसका अतिरिक्त द्विपक्षीय सम्बन्धका सबै महत्वपुर्ण विषय र मुद्धाहरुमा खुलस्त एवं पारदर्शिताका साथ दुई प्रधानमन्त्रीहरु बिच कुराकानी भएका छन । यो भ्रमणले हाम्रा दुई देश विचको सम्बन्धमा आगामी दिशालाई राम्ररी रेखाङ्‌कन गरेको छ भन्ने हामीलाई लागेको छ ।अबकोहाम्रो जोड पूर्व समझदारीहरुलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानु हुनेछ ।

यस बिचमा सम्माननीय प्रधानमन्त्रीले काठमाण्डौस्थित कुटनीतिक समुदायलाई मुलुककको वर्तमान स्थिति र भावी गन्तव्य एवं प्राथमिकताहरुका बारेमा संबोधन गर्नु भएको छ । प्रधानमन्त्रीज्यूको संवोधनले परराष्ट्र नीतिमा वर्तमान सरकारका प्राथमिकताहरुर हाम्रो गन्तव्यलाई स्पष्ट पारेको छ । उक्त संबोधनमा समेटिएका विषय र प्राथमिकताहरुले सरकारका आगामी क्रियाकलापहरुलाई मार्गनिर्देश गरेका छन । वर्तमान सरकारको शुरुवाती दिनमा हाम्रा मित्रहरु एव विकास साझेदारहरुसँग भएको यस प्रकारको संवादले संक्रमणकाल पारगरी स्थायित्व, शान्ति र विकासको मार्गमा अधि बढ्दै गरेको नेपालको आगामी दिनका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई प्रष्ट पार्ने अवसर दिएको  छ।

नयाँ सरकारको गठन सँगै प्रदेशहरुमा पनि निर्वाचित सरकारहरुले कार्यारम्भ गरेका छन् । संधियताको नौलो अभ्यासलाई सकेसम्म सहज र निरापद बनाउन प्रदेश र स्थानीय तहलाई हरसम्भव सहयोग पुर्याउने काममा सरकार जुटेको छ । त्यस सिलसिलामा प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरु तथा संघीय सरकारका पदाधिकारीहरुसँग कुटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलन अनुकूल सहजर व्यवस्थित बनाउने प्रयास भएका छन् । परराष्ट्र मन्त्रालयले यस्ता भेटघाटहरुमा सहजीकरण गरेको छ । नेपाल सरकारका पदाधिकारीहरुमा पनि यस्ता भेटघाट र सम्पर्कहरुलाई पद्धतिबद्ध र मर्यादित बनाउने कुरामा सचेतना बढाउने काम भएकोछ। कुटनीतिक आचारसंहिता पालन गर्ने गराउने कार्यमा सबै क्षेत्रबाट शुभेक्षा रसहयोग प्राप्त भएको छ । 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad