८ वैशाख २०८१ शनिबार
राजनीति

यस्तो छ प्रदेश ४ को नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

पोखरा- संघीयता कार्यान्वयनको प्रक्रियामा रहँदै गर्दा तीन तहको निर्वाचन सम्पन्न भयो । निर्वाचन पश्चात गठन भएको प्रदेश सरकारले झन्डै दुई महिनापछि प्रदेश नं ४ सरकारले पहिलोपटक नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ। प्रमुख बाबुराम कुँवरले सोमबार दिउँसो २ बजे प्रदेशसभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। ऐतिहासिक नीति तथा कार्यक्रममा सरकारले विभिन्न १०० बुँदे महत्वाकांक्षी योजना समावेश गरेको छ।

नीति तथा कार्यक्रममा प्रदेश समृद्धिका चारवटा आधारहरु तय गरिएको छ । प्रदेश सरकारले समृद्धिको लागि पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको छ । यस्तै, ऊर्जा, कृषि र उद्योग क्रमशः प्राथमिकतामा परेका छन्। समृद्धिका आधारको लागि आवश्यक पूर्वाधार त्यसपछिको प्राथमिकतामा राखिएको छ।

प्रकाशित: ३ वैशाख २०७५ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App