दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

सोमबार, ०३ बैशाख २०७५, १७ : ४३ सन्तोष पोखरेल

588


पोखरा- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा कम्युनिष्ट पार्टी (एमाले र माओवादी केन्द्र) एक हुन थालेकोले दुईपार्टी मिलेर ‘कम्युनिजम’ कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिएका छन्।

‘एमाले र माओवादी मिलेर कम्युनिज्म कस्तो हुन्छ भनेर देखाउनुस, मैले हेर्न चाहेको छु,’ पोखरामा सोमबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘कम्युनिष्ट लोकतन्त्रको भर्‍याङ चढेर सत्तामा पुग्छ, अनि माथि उक्लेपछि त्यही भर्‍याङ बिर्सन्छ। यस्तो चरित्र कम्युनिष्टले देखाउँछन्।’

कम्युनिष्टले जहिलेपनि कर्मचारीतन्त्रलाई साथ लिएर विश्वका मजदुर एक होऔं भन्दै सत्तामा पुग्ने गरेको आरोप पौडेलले लगाए । ‘सधैं ट्रेड युनियनको आन्दोलको भरमा कम्यूनिष्ट सत्तामा पुग्ने गरेको छ,’ उनले भने, ‘अनि सत्तामा पुगेपछि त्यही ट्रेड युनियनलाई बिर्सन्छ।’

उनले जनताको मन कब्जा गर्न नसक्दा तीनवटै निर्वाचनमा कांग्रेसले नराम्रोसँग पराजय भोग्नुपरेको बताए। आन्तरिक रुपमा पार्टीभित्र मात्र वर्चस्व जमाएको, तर, जनताको मनमा वर्चस्व जमाउन कांग्रेस नेतृत्वले नसकेको उनले बताए। त्यसले गर्दा निर्वाचन परिणाम निराशाजनक आएको उनको भनाई थियो।

आफ्नै पार्टीका केही नेताप्रति लक्षित गर्दै पौडेलले अरु (एमाले र माओवादी) मिलेकोले हामी (कांग्रेस) हार्‍यौं भन्न नहुने बताए। ‘अबपनि अरु दल मिलेर बलियो भएकोले हामी कमजोर बनेका हौ भनेर नभनौ,’ कांग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियन (संघ) को सोमबार पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले आम जनताको विश्वास जित्न नसकेको हारेका हौ भनेर स्वीकार्नुपर्छ।’

‘कांग्रेसका नेताले पार्टी कब्जा गर्नुको साटो जनताको मन कब्जा गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो,’ उनले भने, ‘जनताको मन त कब्जा नै भएन।’ कांग्रेसले पञ्चायत, आतंकबाद, माओवादसँग लडेकोले यति बलियो पार्टीको विपक्षमा ५१ प्रतिशत भन्दा बढी जनता हुनु आश्चर्यजनक भएको पौडेलले बताए। ‘कांग्रेससँग कम्तिमा ७५ प्रतिशत जनता हुनुपर्ने हो । तर, अहिले हारेपछि अरु मिलेर आएकोले हामी हार्‍यौं भनेर पन्छिएका छौ,’ उनले भने, ‘अरु मिलेर आएपनि हामी सबै पहिल्यैदेखि एकैठाउँ हुँदा त कम्तिमा ७५ प्रतिशत जनता हाम्रो पक्षमा हुनुपर्ने हो। तर, हामीले जनताको मन जित्न नसकेकै हो।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने किबोर्ड सटकर्टहरु

यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ | ...

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...