coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्णिमाको हत्या आफ्नै प्रेमीबाट

काठमाडौं- टोखा नगरपालिका ७ स्थित धापासी हाइट जाने करिडोरमा मृत भेटिएकि महिलाको हत्या अभियोगमा प्रहरीले उनकै 'प्रेमी'लाई पक्राउ गरेको छ।

आइतबार राति साढे ८ बजेतिर धापासी हाइटको करिडोरमा गोरखा घर भएकि पूर्णिमा बिक टाउकोमा चोट लागेको अवस्थामा भेटिएकि थिइन्। मिस्त्री काम गर्ने बिक श्रीमानले छोडेपछि पर्सा ठोरी घर भएका विजय तामाङसँग बस्दै आएकि थिइन्। प्रहरीका अनुसार उनीहरु विगत सात महिनादेखि सँगै बस्दै आएका थिए। प्रहरीका अनुसार पहिलो पटक हात्ति गौंडामा भेट भएपछि उनीहरु नजिकिएका थिए।

बिकले रक्सी खाने, कोठामा नआउने गरेपछि आफु आक्रोसित भएको तामाङले प्रहरीलाई बयान दिएका छन्। प्रेमिकाले आफ्नो भन्दा धेरै रक्सी पिउने गरेको उनले बताएका छन्। आइतबार कोठामा जान नमानेपछि ढुंगाले हानेको उनले स्वीकार गरेका छन्।

ढुंगाले हानेपछि कोठामा आएका तामाङ पछि फेरि किन आएन भनेर उनलाई लिन गएको तर त्यहाँ प्रहरी भएपछि फर्केर आएको बयान दिएका छन्। उनले उक्त समयमा रक्सी पिएको बयान दिएका छन्।

 

प्रकाशित: ३ वैशाख २०७५ ०८:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App