coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

'पुस्ताप्रतिको विश्वास स्थापित गराउनेछु' (भिडियो)

स्वास्थ्यमन्त्री गगनकुमार थापा पदभार ग्रहण गर्दै। तस्विरः केशव थोकर

काठमाडौं— नव नियुक्त स्वास्थ्यमन्त्री गगनकुमार थापाले शपथ लिए लगत्तै रामशाहपथ पुगेर स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। पदभार लगत्तै सञ्चारकर्मीलाई छोटो प्रक्रिया दिँदै उनले अाफ्नो कार्यकाल इमान र समर्पणका साथ जनताप्रति उत्तरदायी बनाउने बताए।

‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु’, मन्त्री थापाले भने, ‘यहाँबाट छोडेर जाँदा केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु। म यहाँ त्यही गर्न आएको हुँ।’

‘म जति दिन रहन्छु सम्पूर्ण इमान्दारिताका र समर्पणका साथ सत्यको पक्षमा उभिन्छु’, मन्त्री थापाले भने, ‘यहाँबाट छोडेर जाँदा केही ठोस उपलब्धि र पुस्ताप्रतिको विश्वास स्थापित गरेर जानेछु। म यहाँ त्यही गर्न आएको हुँ।’

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिमा उदाएका उनी जनउत्तरदायी निर्णय र नेतृत्व कौशलका लागि लोकप्रिय छन्। उनको मन्त्री नियुक्तिलाई सत्य र इमानको पक्षमा सामाजिक अभियन्तादेखि सर्वसाधारणसम्मले चासोपूर्वक हेरेका छन्।

‘मैले पाएको यो चुनौती पूरा गर्ला कि नगर्ला भन्ने शंका पनि यहाँ देखिरहेको छु। मैले यो जिम्मेवारीलाई सामान्य ठानेकै छैन’, दउरा सुरुवाल लगाएका उनले भने  ‘म यसलाई राम्रोसँग उच्च नैतिकताका साथ पूरा गर्नेछु। लामो समयदेखि यहाँ सुधारको अपेक्षा पनि छ। पुस्ताप्रतिको विश्वास स्थापित हुने काम गर्नेछु।’

काठमाडौं क्षेत्र नं. ४ बाट निर्वाचित सांसद उनी गत फागुनमा भएको कांग्रेस महाधिवेशनमा महामन्त्री प्रत्यासी थिए। कृष्णप्रसाद सिटौला समूहबाट उनलाई पार्टीले मन्त्री सिफारिश गरेको हो।

भिडियोः

भिडियोः केशव थाेकर

 

प्रकाशित: १० भाद्र २०७३ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App