दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर

सोमबार, ०३ बैशाख २०७५, ११ : ४९ नागरिक

तुलसीपुर – सरकारले वर्षेनी शिक्षामा ठूलो लगानी गरे पनि दाङमा अझै पनि झण्डै दुई हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन्। 

विद्यालय बाहिर रहेका ती बालबालिकालाई यसपटक विद्यालयमा भर्ना गर्ने लक्ष्य रहेको जिल्ला विकास एवं समन्वय इकाइ दाङले जनाएको छ। 

जिल्लामा रहेका दुई हजारभन्दा बढी बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियान सञ्चालन भएको शिक्षा विकास एवं समन्वय इकाइका शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जानकारी दिए। उनका अनुसार जिल्लामा रहेका सबै स्थानीय तहमा अहिले भर्ना अभियान सञ्चालन भइरहेको छ। 

गत वर्ष जिल्लामा दुई हजार २०० भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेकामा अहिले उक्त संख्यालाई घटाउने लक्ष्य लिइएको मैनालीले जानकारी दिए। उक्त संख्यालाई घटाउन र विद्यालयमा भर्ना गर्नका लागि जिल्लाका सरोकारवाला निकायसँग छलफलसमेत गरेको मैनालीले जानकारी दिए। 

सबै अभिभावकले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न सचेत रहेको बताउँदै शिक्षा अधिकारी मैनालीले सडक बालबालिका, अभिभावक नभएका, अन्य आफन्तकोमा बस्ने बालबालिकालाई विद्यालयमा भर्ना गर्न नसकिएको बताए। 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad