क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

शुक्रबार, १० भदौ २०७३, १२ : १४ नागरिक

सोल– उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले  बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

बुधबारको सो परीक्षणको सफलताले अब उत्तर कोरियाको क्षेप्यास्त्रको तारो अमेरिका र दक्षिण कोरिया भएको आसय पनि उनले व्यक्त गरेको उत्तर कोरियाली समाचार समिति केसिएनएले जनाएको छ । उत्तर कोरियाले बुधबार यस्तो क्षेप्यास्त्र देशको उत्तरी बन्दरगाह सिन्पोमा गरेको थियो । सो जानकारी यसअघि नै दक्षिण कोरियाको सैनिकले पनि दिएको थियो ।

देशको उत्तरतर्फको समुद्रीकिनारबाट गएको सो क्षेप्यास्त्र जापानतर्फ लागेको थियो । सो क्षेप्यास्त्रले कम्तीमा पनि ५०० किलोमीटरको दुरी तय गरेको जानकारी पनि गराइएको थियो । उक्त परीक्षणपछि बुधबार नै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बसेको थियो । उक्त बैठकले उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको यस्तो प्रचारात्मक र उत्तेजक व्यवहार काबारहीको दायरामा पर्नुपर्नेमा जोड दिएको थियो ।

सुरक्षा परिषदको सो बैठकले उत्तर कोरियाको सो कदमको निन्दा गरेको छ । यस्तो कार्यलाई उत्तर कोरियाली नेताले सफलताको रुपमा प्रचार गर्नु दुःखद भएको पनि उक्त परिषदले जनाएको छ । यसै महिनाको सुरुमा पनि उत्तर कोरियाले जापानी भूभागको समुद्रमा पर्नेगरी यस्तै क्षेप्यास्त्र हानेको थियो । त्यसपछि लगत्तै जपानलगायत विश्व समुदायले सो घटनाको निन्दा गरेका थिए ।

यस अघि पनि उत्तर कोरियाले गत महिनामात्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । सो परीक्षणको सर्वत्र विरोध भएको थियो । गएको करिब वर्षदिनसम्म नै उत्तरका क्रियाकलापहरु निकै आक्रामक र उत्तेजक देखिएकोले फेरि पनि अर्को परीक्षणको तयारी भएको पाइएको समाचारमा जनाइएको थियो । उसले बुधबार बिहान अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । उत्तर कोरियाको यो परीक्षणका विरुद्धमा दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरियाली भूभागमा प्रतिरक्षात्मक प्रणाली जडान गरेका छन् ।

उत्तर कोरियाले त्यस प्रणालीको कडा शब्दमा विरोध गरेको छ । उत्तरले त्यस्तो प्रणाली दक्षिण कोरिया र अमेरिका मिलेर जडान गरेकोले आपूmले त्यस प्रणालीलाई भौतिक कारबाही गर्ने जनाएको छ ।

उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृङ्खला अझै रोकिएको छैन । यस्तो शृङ्खलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ । रासस/एएफपी

 








यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad