६ वैशाख २०८१ बिहीबार
खेल

नेपालीको फिका प्रदर्शन

काठमाडौं – ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगितामा नेपाल खेलाडीले छैटौं चरणको खेल सकिदा औषत प्रदर्शन गरेका छन्।

प्रतियोगितामा नेपालका सुमित पन्त आइतबार भारतीय खेलाडी सुरिजित पलसँग पराजित हुँदा बिक्रम जाती भारतीय खेलाडी हषिृता गुड्डान्तीसँग पराजित भए। त्यस्तै, नेपालका बद्रीलाल नेपालीले छैटौं चरणको खेलमा नेपालकै राजेन्द्र प्रसादसँग बराबरी खेल्दै अंक बाँडे भने मणिराज डाँगी श्रीलंकन खेलाडी कभिण्डा अकिलासँग् पराजित भए भने नेपालका क्याडिन्डडेड मास्टर भूपेन्द्र निरौला भारतीय खेलाड पृध्वीकुमारसँग पराजित भए।  यस्तै, राजन पुरीले प्रकाश सुवेदी, पुरुषोत्तम चौलागाईले महेश्वरलाल डंगोलाई पराजित गर्दा क्यान्डिडेड मास्टर भगवती प्रसाद शर्माले नेपालकै क्यान्डिडेडमास्टर राजेन्द्र राजभण्डारीलाई स्तब्ध पारे। त्यस्तै, नेपाली शिखर रेग्मी भारतीय खेलाडी थेन्डुप तामाङ पराजित हुँदा हरिचन्द्र भारतीय खेलाडी  सी लक्ष्मीसँग पराजित भए।

छैटौं चरणको खेलमा नेपालका सूर्य बस्नेतले पुण्यमान कर्माचार्य, सुरवीर लामाले चेतन शर्मा, फिडे मास्टर सुजेन्द्र प्रसाद शर्माले सुशील चौधरी र भारतीय खेलाडी सायान्तान चन्द्रले विवेकराज श्रेष्ठलाई पराजित गरे।

होमल्यान्ड स्पोर्टस क्लब र केएनपी जापाको मुख्य प्रायोजनमा बुढानिलकण्ठको पार्क भिलेज रिर्सोटमा जारी प्रतियोगिताको छैटौं चरणको खेल सकिँदा सम्म ७ ग्रान्डमास्टरसहित १४ खेलाडीले ५ अंकको अग्रता लिएका छन्।

प्रकाशित: ३ वैशाख २०७५ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App