७ वैशाख २०८१ शुक्रबार
खेल

कार्कीको विदाई

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेकी खेल पत्रकार प्रिया लक्ष्मी कार्कीलाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ)ले झन्डा, नगद सहित आइतबार सफल आरोहणको शुभकामना दिएको छ।

नेपाल खेलुकद पत्रकार मञ्चले एक कार्यक्रमको आयोजना गरी जेठको पहिलो हप्ता सगरमाथा आरोहण गर्न लागेकी सदस्य प्रिया लक्ष्मी कार्कीलाई मञ्च, एआईपिएस, एआईपिएस एसियाको झन्डा सहित नगद हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिएको हो। कार्यक्रममा एनएसजेफका अध्यक्ष महेश आर्चायले सोही कार्कीलाई सफल आरोहणका लागि शुभकामना दिए। साथै, एनएसजेफका सदस्यहरु र अन्य खेल संस्था, खेल पदाधिकारीबाट संकलित १ लाख रुपैयाँको चेक र मञ्चको झन्डा अध्यक्ष महेश आचार्यले काकीलाई हस्तारण गरे। मञ्चका प्रथम उपाध्यक्ष दुर्गानाथ सुवेदीले एआइपिएस एसियाको, उपाध्यक्ष सञ्जिव शिल्पकारले एआइपिएसको झन्डा हस्तान्तरण गरे।

साथै, नेपाल फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की, मञ्चका उपाध्यक्ष श्रीलोचन राजोपाध्याय र मञ्चका महासचिव प्रकाश तिमल्सिना लगायतले सफल अरोहणका लागि शुभकामना दिए।  झन्डा हस्तारणपछि सगमाथा आरोहण गर्न लागेकी नेपाल खेलकुद पत्रकार मञ्चकी सदस्य प्रिया लक्ष्मी कार्की सबैको साथ र हौसलाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न प्रेरणा मिलेको बताइन्।

सोही कार्यत्रममा रुस्लान थ्री स्टार क्लब र राखेप कर्मचारी संघ, नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले समान १० हजार, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले ६ हजार र राखेपका उपाध्यक्ष एवंम नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र आर्चरी संघका महासचिव रमेश शिवाकोटीले समान ५ हजार रुपैयाँ सहयोग गरेका थिए।

समानताका लागी बुलन्द आवाज नारा रहेको प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ टोलीमा एनएसजेफ  सदस्य कार्की सहित  रािष्ट्रय समाचार समितिकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजन तथा बि.पी कोईराला मोमोरिया प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समिति र रोजिता बुद्धाचार्य र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ आरोहण गर्दै छन्।

प्रकाशित: ३ वैशाख २०७५ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App