बालुवाटारमा ओली र दाहालबीच 'वान अन वान' वार्ता, एकताबारे निर्णय लिने

सोमबार, ०३ बैशाख २०७५, ०९ : ५६ नागरिक

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले 'वान अन वान' वार्ता सुरु भएको छ। बालुवाटार स्रोतका अनुसार पार्टी एकताको प्रयासका लागि उनीहरुबीच छलफल हुन लागेको हो।

दाहाल आइतबार वार्ता स्थगित गरेर परिवारसँग बिदा मनाउन हिँडेपछि आइतबार बिहान हुने भनिएको छलफल स्थगित भएको थियो। सोमबार बिहान १० बजे प्रधानमन्त्री  केपी शर्मा ओलीलाई भेट्न  दाहाल बालुवाटार पुगेपछि उनीहरूबीच छलफल हुन लागेकाे हाे।

दाहाल निकट स्रोतका अनुसार पार्टी एकताको बारेमा आजको छलफलबाट 'बोल्ड डिसिजन' हुने छ। 'एकतामा देखिएको विलम्वता अब धेरै जाँदैन', दाहाल निकट स्रोतले भन्यो, 'अध्यक्षले बोल्ड निर्णय गर्दै हुनुहुन्छ।'

एमाले र माओवादीले कम्युनिष्ट पार्टीको स्थापना दिवस वैशाख ९ गतेलाई पार्टी एकताको मिति घोषणा गरिसकेका छन्। माओवादीले पार्टी एकताको लागि ५०/५० अनुपातमा पार्टी एकता हुनु पर्ने बताउँदै आएको छ। यो प्रस्तावमा एमाले भने सकारात्मक छैन।

दुवै पार्टीका नेता कार्यकर्ताले सम्मानबोध गर्ने किसिमबाट एकता हुनु पर्ने माओवादीले बताउँदै आएको छ। ५०/५० अनुपातमा एकता गर्ने विषयमा एमाले सकारात्म नदेखिएको माओवादीले बताउँदै आएको छ।

एकीकृत पार्टीको विधानमा जनयुद्ध लेख्न एमाले सकारात्मक नदेखिएपछि माओवादी नेतहरुले यसको विरोध गर्दै आएका छन्। एमाले अध्यक्ष केपी ओलीले सम्मानजनकरुपमा पार्टी एकताको पक्षमा नदेखिएको माओवादीको बुझाइ रहेको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad