coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महन्थ अस्पाल भर्ना

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नयाँ दिल्लीको मेदान्त अस्पालतमा एञ्जियोग्राफीको अप्रेसन भएको छ। गत शुक्रबारदेखि उनी सो अस्पतालमा भर्ना भएका छन्। ठाकुरका सहयोगी सतेन्द्र मिश्रले आइतबार साँझदेखि ठाकुरलाई आइसियुबाट साधारण बेडमा सारिएको बताए। उनी शुक्रबार नै आइसियुमा भर्ना भएका थिए।
 
गत मंगलबार उनी उपचार गर्न नयाँ दिल्ली गएका थिए ।उनको साथमा राजपाकी नेतृ चन्दा चौधरी पनि नयाँ दिल्ली गएकी छन्। दुइ तीन दिनपछि मात्र ठाकुर काठमाडौं फर्कने कार्यक्रम तय भएको छ। यसैगरी राजपाका अर्का नेता महेन्द्र यादव पनि उपचार गर्न भारत गएका छन। ठाकुर र यादव फरक फरक दिन भारत गएका थिए। स्वास्थ्य परीक्षण गर्न यादव नियमित रूपमा  भारत जाने गरेका छन्।

प्रकाशित: ३ वैशाख २०७५ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App