८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डो युरो वर्ष खेलाडी घोषित

मोनाको–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो यस वर्षको युरो वर्ष खेलाडी घोषित भएका छन् । युरोपयिन फुटबल एसोरिएसन युयएफएले २०१५/१६ को सिजनका लागि प्रदान गरेको युरो वर्ष खेलाडीको उपाधि जित्ने क्रममा रोनाल्डोले  वेल्स तथा रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल र युरो कप २०१६ का गोल्डेन बल विजेता फ्रान्स तथा एथलेटिको मड्रिडका एन्टेनीयो ग्रिजम्यानलाई पछि पारेका हुन् ।
पोर्चुगललाई पहिलो पल्ट युरोकप २०१६ को उपाधि दिलाउन सफल रोनाल्डोले रियल मड्रिडलाई पनि च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।  रोनाल्डो युरो वर्ष खेलाडी घोषित भएको यो दोस्रो पटक हो ।यस अघि उनले सन् २०१३/१४ सिजनमा पनि युरो वर्ष खेलाडीको उपाधि जितेका थिए ।

 

प्रकाशित: १० भाद्र २०७३ ०५:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App