रसुवागढी जोड्ने छोटो सडक तयार

सोमबार, ०३ बैशाख २०७५, ०७ : ५७ हिमनाथ देवकोटा

268


रसुवा – चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न भएको छ।

राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी हुँदै नाका जोड्ने सडक शुक्रबार खुलेको हो । मैलुङ–स्याफ्रुबेसी सडक निर्माण कार्यदलले २०७२ वैशाखमा सुरु गरेको दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए।

सुरुमा सात किलोमिटर सिंगल लेन सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो।तोकिएको समयमै निर्माण सम्पन्न गरेर स्तरोन्नतिका लागि नेपाली सेनाका एक सय ५२ र अन्य ९० जनाले काम गरिरहेको उनले जानकारी दिए।

नवनिर्मित सडक हस्तान्तरण नहुँदासम्म सवारी साधन सञ्चालन गर्न अनुमति नदिने कार्यदलले जनाएको छ ।दुई वर्षसम्म उक्त सडकमा बर्खाका चार महिना सवारी साधन सञ्चालन नगर्न सेनाले अनुरोध गरेको छ । १७ किलोमिटर सडक दुई लेनको बनाएको सेनाले भूकम्पले क्षति गरेको सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सिंगल लेन बनाएको छ।
सबैभन्दा छोटो दूरी  
यो सडक बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावतीबाट कालिकास्थान–धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर छ । बेत्रावती–मैलुङ–स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।

पासाङ ल्हामु राजमार्ग अन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्छ । तर यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ । काठमाडौंदेखि गल्छी ४४, गल्छीदेखि बट्टार २२, बट्टारदेखि बेत्रावती ११, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रु १६ किलोमिटर छ।

काठमाडौंबाट बेत्रावती, धुन्चे रसुवागढीको दूरी एक सय ४५ किलोमिटर छ । मैलुङ हुँदै जाँदा एक सय २२ किलोमिटर मात्र पर्छ ।धुन्चे हुँदै जाँदा उकालो र ओरालो हुँदै ३५ वटा कठिन  घुम्ती पार गर्नुपर्छ । मैलुङतर्फबाट घुम्ती पार गर्नु नपर्ने प्रमुख एवं प्राविधिक सेनानी केसीले बताए।  
किलोमिटरको साढे तीन करोड लागत
मैलुङ–स्याफ्रुबेसी सडक निर्माणमा ६८ करोड ६९ लाख खर्च भएको छ । १७ किलोमिटर दुई लेनको सडक निर्माण गर्दा एक किलोमिटर सडक निर्माणमा तीन करोड ९० लाख खर्च भएको सेनाले जनाएको छ । सडक निर्माण गर्न दुई करोड रकम अपुग भएकोले रकम थप गर्न केन्द्रमा लेखी पठाएको कार्यदलले जानकारी दिएको छ।
वैशाखभित्रै हस्तान्तरण
सडक निर्माण सम्पन्न भए पनि अहिले स्तरोन्नतिको काम भइरहेको छ । भूकम्प र नाकाबन्दीका कारण निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्न सफल भएको सेनानी केसीले बताए । निर्माण भएको सडक वैशाखभित्रै सडक विभागलाई हस्तान्तरण हुने केसीको भनाइ छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुन पाण्डेको कार्यक्रम अन्यौलमा

'क्रोएसियाले जिते के गर्छु हेर्न आउनु' भन्ने पुन पाण्डेको कार्यक्रम अन्यौलमा

भारतकी विवादित मोडल पुनम पाण्डेको कार्यक्रम प्रहरीले रोक्ने भएको छ। कार्यक्रमको लागि आयोजकले प्रशासनबाट अनुमती नलिएको भन्दै कार्यक्रम रोकिने दरवारमार्ग...

प्रियंकाले गरिन इन्गेजमेन्ट

प्रियंकाले गरिन इन्गेजमेन्ट

नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन्। ...

‘बायोपिक यथार्थ हुनुपर्छ’

‘बायोपिक यथार्थ हुनुपर्छ’

अभिनेत्री चित्रांगदा सिंहले व्यक्तिको जीवनीमा बन्ने फिल्म धेरै नाटकीय बनाउन नहुने धारणा राखेकी छिन्। ...

हिमवत् खण्डका कला साहित्यको चर्चा

हिमवत् खण्डका कला साहित्यको चर्चा

राजधानीमा शुक्रबारदेखि सुरु भएको हिमवत् खण्ड कला साहित्य सम्मिलनमा दोस्रो दिन कला साहित्यका विविध पक्षमाथि छलफल भएको छ। ...