coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरमा गुणस्तरीय विशेषज्ञ सेवा विस्तार

काठमाडौं – केही समयअघिसम्म वीर अस्पताल पुग्ने बिरामीले आफ्नो रोगअनुसारको चिकित्सक भेट्न गाह्रो थियो। यसका लागि लामो प्रक्रिया पूरा गर्नु पथ्र्यो वा सामान्य चिकित्सकसँग देखाएर चित्त बुझाएर फर्किनुपथ्र्यो। अहिले यो अस्पतालमा उपचारमा पुग्ने जोकोहीले यी सबै झन्झट बेहोर्नुपर्दैन, बरु छिटो विशेषज्ञ उपचार पाउन थालेका छन्।

अस्पतालले क्रमिक रुपमा सेवामा सुधार गरेपछि यो अवस्था आएको हो। अहिले विशेषज्ञ सेवा लिन चाहनेले सीधै टिकट लिन पाउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ। ‘रोगअनुसार विशिष्ट चिकित्सक भेट्न सीधै फरक टिकट काटे पुग्ने व्यवस्था गरेका छौं’, अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले भने।

विशेषज्ञबाटै गुणस्तरीय सेवा दिन अस्पतालले सेवा र रोग निदान प्रक्रिया दुवैमा स्तर वृद्धि गरिसकेको डा. बस्नेतले दाबी गरे। उनका अनुसार अस्पतालले दुई महिनाअघि मात्र  पल्मोनरी एकाइ (श्वास–प्रश्वाससम्बन्धी) बाट  सेवा दिन थालेको छ। यो एकाइअन्तर्गत आधुनिक उपकरणबाट फोक्सोको जाँच गरिन्छ । फोक्सोको क्षमता हेर्ने डिएलओ (फोक्सोले कार्बनडाइअक्साइड फाल्ने क्षमता जाँच्ने), इन्डोब्रोङ्केल एक्सरेजस्ता नयाँ मेसिन जडान गरिएका छन्। विभागमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ चिकित्सकबाट उपचार हुन्छ।

पछिल्लो समयमा वीर अस्पताल पुग्ने बिरामीले बिनाझन्झट छिटो विशेषज्ञ उपचार पाउन थालेका छन्।

अस्पतालमा हालै हेमाटोलोजी विभाग पनि थपिएको छ। यो सेवाका लागि  बंगलादेशबाट अध्ययन गरेर आएका दुई रक्तरोग विशेषज्ञ उपलब्ध छन्। यसैगरी अस्पतालले पहिलोपटक रुमाटोलोजी (बाथरोग) सेवा दिने तयारी गरेको छ। यसअघि मुलुकका कुनै पनि सरकारी अस्पतालमा यो सेवा थिएन। यो सेवाले विपन्न बिरामी लाभान्वित हुने निर्देशक बस्नेतले बताए।

अस्पतालले ग्यास्ट्रो एकाइअन्तर्गत हालै विशेषज्ञ सेवा सुरु गरेको छ। यो एकाइअन्तर्गत सीधै विशेषज्ञ चिकित्सकले सेवा दिन्छन्। यो सेवाअन्तर्गत खानेनलीको रोग पहिचान तथा उपचारका लागि नानो मेट्री उपकरण भिœयाइएको छ। यो उपकरणले खानेनलीमा रहेको कुनै पनि समस्या पहिचान गर्न सकिन्छ।

अस्पतालले टाढाबाट रेफर भएर आएका बिरामीलाई उपचार दिन छुट्टै रेफरल सेवाको व्यवस्था गरेको छ। यो सेवाअन्तर्गत छुट्टै काउन्टरबाट सीधै पहेंलो रङको टिकट लिने व्यवस्था छ। यो कार्ड देख्नेबित्तिकै चिकित्सकले सीधै विशेषज्ञ चिकित्सकसमक्ष पठाउँछन्। रेफर भएर आएका बिरामीले अनुभवी दक्ष चिकित्सकबाट उपचार नपाएको गुनासो आएपछि यस्तो व्यवस्था गरेको डा. बस्नेतले बताए। ‘जिल्लामै एमडी स्तरको चिकित्सकले हेरिसकेका बिरामी वीरमा आएपछि अभ्यासरत र कम क्षमताका चिकित्सकले हेरेको गुनासो आउँथ्यो’, उनले भने। यो गुनासो सुनेपछि पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले रेफरल बिरामीलाई सजिलै गुणस्तरीय सेवा दिने निर्णय गरेका थिए।

अस्पतालले यसअघि नै ७० वर्ष पुगेका वृद्धवृद्धा, अपांगता भएका र दृष्टिविहीनलाई लाममा नराखी छिटो सेवा दिँंदै आएको छ। यी सबै सेवा छरितो बनाउन अस्पतालले दुईवटा काउन्टर थपेको छ। पहिला चारवटा काउन्टर थिए। अस्पतालले व्यवस्थापनमा सुधार गरेकाले बिरामीले सहज उपचार पाउन थालेको डा. बस्नेतले बताए।

प्रकाशित: ३ वैशाख २०७५ ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App