८ वैशाख २०८१ शनिबार
राजनीति

सर्वोच्चद्वारा करिब ८ हजार मुद्दा फर्छ्यौट

काठमाडौं- सर्वोच्च अदालतले आइतबारदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ। नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फर्छ्यौट गरेको विवरण सर्वाजनिक गरेको हो। 

अदालत परिसरमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको बताए। सर्वोच्चले नियमित पत्रकार सम्मेलन गर्ने कार्य तालिकाअनुसार अाइतबार पहिलो पटक पत्रकार सम्मेलन गरेर मुद्दाको फर्छ्यौट विवरण सार्वजनिक गरेको हो। 

उनले गत वर्षभन्दा यो वर्ष मुद्दा फर्छ्यौट बढेको बताए। गत वर्ष २७ हजार ९२९ मुद्दामा २९.८ प्रतिशत मात्र मुद्दा फर्छ्यौट भएको उनले बताए । 

विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा छ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए। उनले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा बढेको बताए। 

उनका अनुसार अझै १९ हजार ६०५ मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको छ। अदालतमा गत वर्ष दुई वर्ष नाघेका चार हजार ४३१ र पाँच वर्ष नाघेका एक हजार २२६ मुद्दा फछ्र्यौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३.९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ। 

अबदेखि सबै सञ्चार माध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० बजेसम्म र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गर्ने भएको छ। 

प्रकाशित: २ वैशाख २०७५ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App