coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मेयरविरुद्ध महिलाहरु रिले अनशनमा

आईतबार अनसनमा बसेका महिला। तस्बिर : टंक

सर्लाही- मेयरले नगरपालिकाको काम मनोमानी गरेको भन्दै त्यसको विरोधमा जिल्ला स्थित बलरा नगरपालिका कार्यालयमा सूरु भएको रिले अनशनमा आईतबार स्थानीय महिलाहरु सहभागि भएका छन्।

मेयर अभय सिंहले आफ्नै भाइको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको तथा विकास निर्माण एवं नगरपालिकाबाट हुने कामकारबाहीमा आफूहरुसँग कुनै सल्लाह नै नगरी मनोमानी ढंगले अगाडि बढेको भन्दै गत चैत १९ गतेबाट ५ जना वडा अध्यक्ष सहित स्थानीयले विरोध स्वरुप कार्यालयमा तालाबन्दी तथा रिले अनशन सुरु गरेका थिए।

रिले अनशनको १४ औं दिन आईतबार स्थानीय १० जना महिला अनशनमा सहभागि भएका हुन्। बलरा नगरपालिका–१ निवासी सिर्जादेवी मण्डल, राधिकादेवी पासवान, शान्तिदेवी पासवान, रामकुमारी साहकानू, लक्ष्मीदेवी मण्डल, सुन्दरीदेवी मण्डल, गिर्सी देवी साहकानू, रामवतीदेवी मण्डल, अकली देवीपासवान, उक्क्षीदेवी मण्डल लगायत असनमा सहभागि भएको स्थानीय सामाजिक व्यक्तित्व कौशल किशोर सिंहले जानकारी दिए।

मेयर सिंहले नगरबासीको हकहित भन्दा पनि आफ्नो व्यक्तिगत एवं परिवार तथा नातावादमा बढी जोड दिएकाले आफूहरु अनसनमा सहभागि भएको राधिकादेवी पासवानले बताईन्। वडा नं. १ अन्तर्गत भारतीय सीमा स्थित छन्की टोलादेखि उत्तर छतौनाको हुलाकी राजमार्गसम्म जोडिने सडकमा माटो भर्ने योजना सम्पन्न गर्नका लागि मेयर सिंहका कान्छा भाइ पंकजकुमार सिंहको अध्यक्षतामा रातारात उपभोक्ता समिति गठन गरी नगरपालिकाले सम्झौता गरेको सोही वडाका वडा अध्यक्ष सन्तोषकुमार सिंहले बताए।

‘८० लाख रुपैंयाको उक्त योजना सम्पन्न गर्ने उपभोक्ता समिति गठन कहिले र कसरी भयो मलाई थाहै छैन’, वडा अध्यक्ष सिंहले भने, ‘मेयर साहेबको अध्यक्षता रहेको भेलाले उनकै भाइ अध्यक्ष रहेको उपभोक्ता समिति गठन गरेको कुरा काम सूरु भएपछि मात्र थाहा भयो।’ कर्मैया–हथियौल सडकखण्ड अन्तर्गत पर्ने उक्त सडक कालोपत्रेका लागि केन्द्रीय योजना अन्तर्गत परिसकेको भए पनि अनियमितता गर्ने मनसायका साथ नगरपालिकाले ८० लाख रुपैंयाँमा काम सूरु गरेको उनले दाबी गरे।

अनियमित ढंगले गठन भएको उपभोक्ता समिति बदर गर्नुपर्ने, आर्थिक सहयोग वितरणमा भएको अनियमितता पारदर्शी गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता बैंकद्वारा भुक्तानी तथा पारदर्शी गर्नुपर्ने लगायत विभिन्न माग सहित अनसन सूरु गरिएको सहभागि कौशल किशोर सिंहले जानकारी दिए। रिले अनसन सूरु भएको २५ दिनभित्रमाग पूरा नभए आमरण अनसन नै बस्ने वडा नं. ९ का वडा अध्यक्ष रामदरेश दासले चेतावनी दिए।

यता नगरपालिकाका मेयर अभय सिंह भने आफूले पारदर्शी ढंगले काम गरिरहेको दाबी गर्छन्। ‘सम्बन्धित गाउँलेहरुको भेलाले गठन गरेको उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेर काम सूरु भएको हो’, उनले भने, ‘सबै गाउँलेले मेरै भाइलाई नै अध्यक्ष बनाएपछि मैले के गर्न सक्छु र?’

 

प्रकाशित: २ वैशाख २०७५ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App