८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : राजस्थानद्वारा विराट कोहलीको बेंग्लोर पराजित

नयाँ दिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स  बेंग्लोरलाई १९ रनले हराउँदै राजस्थान रोयल्स विजयी भएको छ।

एम चिन्नास्वामी स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१७ रनको विशाल स्कोर खडा गर्यो। जवाफी व्याटिङ्ग गरेको विराट कोहलीको बेंग्लोर ६ विकेटको क्षतिमा १९८ रनमा समेटियो। 

बेंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ५७ रन बनाए। ३० बल खेलेका कोहलीले ७ चौका र २ छक्का प्रहार गरे। मन्दिप सिंहले २५ बलमा नटआउट ४७ रन जोडे। उनी ६ चौका र १ छक्कामा अविजित रहे। वाशिंटन सुन्दरले १९ बलमा १ चौका र ३ छक्कासहित ३५ रन बनाए। क्वीनटन डे ककले २६ रन बनाउँदा एब डे भिलियर्सले २० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न असफल रहे।

बलिङतर्फ शेरियस गोपालले २ विकेट लिए। कृष्णप्पा गोथाम, बेन स्टाक्स, डार्सी शर्ट र बेन लगलिनले समान १ विकेट लिए।

यसअघि टस हारेर पहिले व्याटिङ्ग गरेको राजस्थान रोयल्सले सञ्जु सामसनको नटआउट ९२ रनको मद्दतमा २१७ रन बनायो। ४५ बल खेलेका सञ्जुले २ चौकासहित छक्काको वर्षा गरे। १० छक्कासहित उनी अविजित रहे।

अजिक्य रहाणेले २० बलमा ६ चौका र १ छक्कासहित ३६ रन बनाए। बेन स्टोकले २१ बलमा २ चौका र १ छक्कासहित २७ रन जोडे। जोस बट्टलरले २३ रन बनाउँदा राहुल त्रिपाठी १४ रनमा अविजित रहे। डार्सी शर्टले ११ रन बनाए।

बेंग्लोरका क्रिश वक्स र युजभेन्द्र चहलले २–२ विकेट लिए।     

प्रकाशित: २ वैशाख २०७५ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App