coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे जिल्लाको पनौती घर भएका ५८ बर्षिय रामहरि खत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले मन्दिरको दर्शन गरी माथिल्लो फेदीसम्म आई पुगेका खत्री विरामी परेका थिए। बिरामी परेका उनलाई आफन्तले उपचारका लागि जिल्ला अस्पताल ल्याई पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रनाउ केसीले जानकारी दिए।

आईतबार बिहानबाट पाथीभरा क्षेत्रमा देखिएको सवारी साधन सञ्चालनका अवरोध पन्छाउन अहिले यो क्षेत्रमा प्रहरीले स्र्कटिङ गरी यातायात सञ्चालन गरिरहेको छ। बिरामी अवस्थाका खत्रीलाई काफ्ले पाटीबाट गाडीमा तत्कालै ल्याउन नसकिएका कारण उपचारको पहुँच ढिलो भएको मृतकका आफन्तले बताएका छन्। प्रनाउ केसीले भने साबिक भन्दा आज केहि पातलो मात्रामा गाडी चलेपनि पाथीभरा क्षेत्रमा गाडी सञ्चालनमा अवरोध नरहेको बताए। शवलाई अहिले जिल्ला अस्पतालको शव गृहमा राखिएको छ।

प्रकाशित: २ वैशाख २०७५ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App