coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अपराधीलाई कुनै पनि हालतमा छुट हुँदैन : महानिरीक्षक खनाल

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानव बेचबिखन, गुण्डागर्दी, लागूऔषध लगायतमा संलग्न अपराधीलाई तत्काल कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन्। नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार उपत्यकास्थित प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई उनले अपराधीलाई कुनै पनि हालतमा छुट नदिन निर्देशन दिए।

राष्ट्र र नागरिकको अपेक्षा अनुरुप आफ्नो व्यावसायिक ज्ञान, सीप र दक्षताको उच्च प्रयोग गर्दै पूर्ण इमानदारिताका साथ काम गरी उत्कृष्ठ कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले नयाँ वर्षसँगै नयाँ जोश र उमङ्गकासाथ काम गरी तत्काल नतिजा देखाउनुपर्नेमा जोड दिए।

महिला तथा बालबालिका सम्बन्धी हुने अपराधको बिषयमा थप संवेदनशिल भएर अनुसन्धान गरी अपराध  नियन्त्रणमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले असहाय पीडितको गुनासोप्रति चासो दिनुपर्ने, घटनाप्रति मुकदर्शक हुन नहुने र दोषीलाई तत्काल कारबाही गरी कानुनको दायरामा ल्याउनपर्ने बताए।

प्रहरी संगठनको सुदृढिकरण, संरचनागत सुधार, प्रहरी कर्मचारीको बृत्तिविकास तथा सेवा सुविधाप्रति संगठन सदैव संवेदनशिल रहेको बताए।

प्रकाशित: २ वैशाख २०७५ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App