उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

आइतबार, ०२ बैशाख २०७५, १८ : ०३ एजेन्सी

टोकियो– उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन्।

दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ। चिनियाँ विदेशमन्त्रीले उत्तर कोरियाको विषयमा वार्तागर्न भन्दै जापान भ्रमण सुरु गरेको टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ। 

यी अधिकारीहरुबीच कोरियामा केही समयअघि भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि छलफल भइरहेको बुझिएको छ। 

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार मात्र दिएको थियो। उक्त मन्त्रालयका अनुसार दुई कोरियाका कार्यकारी तहका व्यक्तिहरुबीच केही दिनयता दुई चरणमा वार्ता भएको छ। 

चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार जापान पुगेका हुन्। उनले शनिबारै जापानी विदेशमन्त्री एवम् वाङ्का समकक्षी तारो कोनोसँग भेटवार्ता गरेका छन्।

गएको जनवरी महिनामा मात्र जापानी मन्त्री कोनो चीन पुगेका थिए। उनी र चिनियाँ विदेशमन्त्री वाङबीच बेइजिङमा पनि कुराकानी भएको थियो। यस पटकको भ्रमण विशेषगरी उत्तर र दक्षिण कोरियाबीच बिकसित पछिल्लो घटनाक्रमबारेमा केन्द्रित हुने पनि बताइएको छ। 

गएको फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर कोरियाली प्रतिनिधिको सहभागिताबाट दुई कोरियाबीचको सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुस गरिएको छ। हालैमात्र उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेका थिए। दुर्लभमध्येको एक मानिएको उहाँको सो भ्रमणको व्यापक मात्रामा विश्वमा नै चर्चा भएको थियो। 

उक्त भ्रमणपछि दुई कोरियाबीच अर्को एक महत्वपूर्ण उच्चस्तरीय द्विपक्षीय भ्रमणको पनि आदानप्रदान भएको छ। सो भ्रमणपछि यसै महिनाको अन्तिमतिर उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय सम्मेलन हुने तय भएको बताइएको छ। त्यसैगरी अमेरिका र उत्तर कोरियाबीच पनि औपचारिक भेटवार्ता हुने समाचार यसअघि नै आएको थियो। उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मे महिनामा यस्तो भेटवार्ता हुन लागेको कोरियाली अधिकारीहरुको भनाई छ। 

यिनै विषयहरुमा चिनियाँ विदेशमन्त्रीको जापान भ्रमण केन्द्रित हुने भएको अनुमान गरिएको समाचारहरुमा जनाइएको छ। इस्ट चाइना सि देखि लिएर अरु पनि केही सीमासम्बन्धी विवादमा रहेका चीन र जापानबीचको यो द्विपक्षीय वार्तालाई पनि महत्वका साथ हेरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad