६ वैशाख २०८१ बिहीबार
राजनीति

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अस्मिताको अभिभावकत्व ग्रहण

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन्। स्थानीय वीपी स्मृति प्राथमिक विद्यालयमा अस्मितालाई कक्षा १ मा भर्ना गर्नुका साथै अभिभावकत्व ग्रहण गर्ने क्रममा मन्त्री ज्ञवालीले अस्मितालाई एसइईसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च पनि आफूले बेहोर्ने घोषणा गरेका हुन्।

 नयाँ वर्षसँगै अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री ज्ञवालीले अस्मिताको अभिभावकत्व ग्रहण गरेका हुन्। गरिव, दलित परिवार तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय भर्ना तथा अभिभावकत्व ग्रहण गर्ने क्रममा अस्मिताको अध्ययन खर्च बहन गर्ने मन्त्री ज्ञवालीले घोषणा गरेका हुन्। मन्त्री ज्ञवालीले कार्यक्रममै बालिका अस्मिताको अध्ययन खर्च बेहोर्ने घोषणा गरेका हुन्। उनले आफ्नो ट्वीटरमा पनि लेखेर अभिभावकत्व ग्रह गर्न पाउँदा निकै खुशी भएको बताएका छन्।

प्रकाशित: २ वैशाख २०७५ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App