coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

भक्तपुरमा स्थानीय पाठ्यक्रम तयार

कार्यदलले तयार पारेको पाठ्यक्रम देखाउँंदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति । तस्बिर : नागरिक

भक्तपुर– भक्तपुर नगरपालिकाद्धारा गठित ‘स्थानीय पाठयक्रम निर्माण कार्यदल’ ले तयार पारेको स्थानीय पाठ्यक्रमलाई हस्तान्तरण गरिएको छ। कार्यदलका संयोजक योगेन्द्रमान विजुक्छेंले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई आइतबार एक कार्यक्रमबीच तयार पाठ्यक्रम हस्तान्तरण गरेको हो। 

भक्तपुर नगरपालिकाले पहिलो पटक आफैं पाठयक्रम तयार पारी नयाँं शैक्षिक सत्र वैशाखदेखि त्यो पाठ्यक्रम लागू गर्दैछ। पहिलो चरणमा नमूनाको रुपमा  कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गर्न लागेको हो। कक्षा १ मा एक सय पूर्णांकको र तीन वटा विषयमा २०÷२० प्रतिशतको स्थानीय पाठयक्रम तयार पारेको हो।  साथै कक्षा ६ मा एक सय पूर्णांकको एउटा विषयको स्थानीय पाठयक्रम लागू गर्न पाठ्यक्रम तयार पारेको हो। 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी नगरपालिकाले नगरभरिका विद्यालयमा स्थानीय पाठयक्रम लागू गर्न लागेको हो। केन्द्रिय पाठयक्रम विकास केन्द्रले तयार गरेको आधारभूत तह (कक्षा १ देखि ८ सम्म) को लागि गरिएको यो व्यवस्था अनुसार नगरपालिकाले स्थानीय पाठयक्रम तयार पार्न यसअघि योगेन्द्रमान बिजुक्छेंको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ सचिव र सिद्धिरत्न शाक्य, उद्धब सुजखू र रोशनराज तुईतुई सदस्य रहेको पाँंच सदस्यीय स्थानीय पाठयक्रम निर्माण कार्यदल गठन गरेको थियो। कार्यदल गठनसँंगै धेरै विभिन्न चरणमा  सरोकारवालाहरुसँंग व्यापकल छलफल गरी कार्यदलले पाठ्यक्रम तयार पारेको थियो। 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा १ देखि ८ सम्म एक सय पूर्णांकको स्थानीय पाठयक्रमको विकास गरी लागू गर्न सकिने व्यवस्था गरेको छ। यसका साथै कक्षा १ देखि पाँंचसम्मको सामाजिक अध्ययन, शाररिक शिक्षा र सृजनात्मक कला विषयमा २०/२० प्रतिशत भाग स्थानीय पाठ्यक्रम लागू गर्न सक्ने व्यवस्था छ। बाँंकी ८० प्रतिशत भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम हुनेछ। 

प्रकाशित: २ वैशाख २०७५ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App