टोखामा महिलाकाे हत्या गर्ने कञ्चनपुरबाट पक्राउ

आइतबार, ०२ बैशाख २०७५, १५ : १० नागरिक

काठमाडौ‌- महानगरीय प्रहरी परिसर काठमाडौ‌ले एक महिलाको हत्याका अभियुक्त गोपाल शर्मालाई कञ्चनपुरबाट शुक्रबार पक्राउ गरी काठमाडौ‌ जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–९ मिलनटोलको न्यू भूमेश्वरी एण्ड अर्जुन पाहुना घरको पहिलो तलामा ती महिलाको हत्याको अभियोग लागेका शर्माले घाँटी थिची हत्या गरेर घाँटीमा खैरो रङको ट्राउजरले बेरी घुँडाभन्दा तल खैरो रङको रुमालले दुवै खुट्टा बाँधेको अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए।

उक्त होटलमा बसेर महिलाले रक्सी मगाएको र रक्सी खाएपछि महिलाले विभिन्न किसिमको गालीगलोज र ज्यान मार्ने धम्की दिएपछि आफूले घाँटी थिचेर हत्या गरेको शर्माले प्रहरीसमक्ष बयान दिएका छन्। मृतकका बारेमा हालसम्म केही नखुलेको र अनुसन्धान जारी रहेको परिसरले जनाएको छ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad