coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

माधुरीसँग २६ वर्षपछि जोडी बाँध्दै अनिल कपुर

मुम्बई– बलिउडको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित २६ वर्षपछि पुनः पर्दामा एकसाथ देखिने भएका छन्।

फिल्म ‘टोटल धमाल’मा माधुरीसँग २६ वर्षपछि जोडी बाध्न लागेको कुराको जानकारी अनिलले ट्वीटरमार्फत दिएका छन्। इन्द्र कुमारले निर्देशन गर्ने फिल्मको शुटिङ्ग समेत सुरु भइसकेको छ। ‘शुटिङ्गको पहिलो दिन निकै राम्रो भयो। टोटल धमालको शुटिङ्ग सुरु भएको छ। माधुरी दीक्षित, इन्द्र कुमार र म २६ सालपछि एकसाथ काम गरिरहेका छौं। तर हाम्रो क्षमता फिल्म ‘बेटा’का दिनहरुजस्तो छ। यो यात्रा रोमाञ्चक हुनेवाला छ।’ 

फिल्ममा अर्जुन र माधुरी श्रीमान–श्रीमतीको भुमिकामा देखिनेछन्। यसअघि अनिल र माधुरीले फिल्म ‘लज्जा’मा अन्तिमपटक सँगै काम गरेका थिए। दुबैले दर्जनौ फिल्ममा सँगै काम गरेका थिए। जसमा हिफाजत, तेजाब, परिन्दा, राम लखन, किशन कन्हैया, बेटा, खेल, पुकारजस्ता फिल्म छन्। 

‘टोटल धमाल’ आगामी डिसेम्बर ७ मा रिलिज हुनेछ। फिल्ममा माधुरी र अनिलका अलावा अजय देवगन, अरशद वारसी, जावेद जाफरी, रितेश देशमुख, संञ्जय मिश्राको पनि अभिनय देख्न पाइनेछ।  

 

प्रकाशित: २ वैशाख २०७५ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App