८ वैशाख २०८१ शनिबार
फोटो फिचर

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

चारराते– पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो। 

दक्षिण एशियामा नै पहिलो पल्ट गत वर्ष देखि यहाँ चौंरी महोत्सवको सुरुवात गरिएको हो । भुटानमा यहाँको सिको गर्दै यो वर्ष देखि चौंरी महोत्सव हुन थालेको बताइएको छ। फालेलुङ–कञ्चनजङ्गा पर्या–पर्यटन प्रवद्र्धन संस्थाले महोत्सव आयोजना गरेको थियो। महोत्सवमा नेपालका विभिन्न स्थान, भारत तथा भुटानबाट सहभागी भएका थिए । युरोप र अमेरिकाका पर्यटकहरू पनि महोत्सवमा सहभागी थिए।

गोठपाल्ने परम्परालाई प्रवद्र्धन गर्दै जैविक विविधताको संरक्षण, क्रसबोर्डर पर्यटनको विकास, पर्यटकीय गन्तव्यहरूको प्रचारका लागि भन्दै महोत्सव आयोजना भएको थियो।  भौगोलिक विकटता ३ हजार ३ सय ३३ मिटर उचाईमा भएको महोत्सवमा ठूलो संख्यामा सहभागीहरू आएका थिए। टेण्ड लगाएर बनाइएको गोठ स्टेमा बस्ने र अस्थायी होटलमा खाने प्रवद्र्धन गरिएको थियो। हिमाली दृष्य, गुराँस, आर्कषक भूगोल तथा विभिन्न प्रजातीका चौरी लगायतका दृष्यमा आगन्तुकहरू रमाएका थिए। 

तस्बिर सबैः गिरिराज बाँस्कोटा

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App