coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अज्ञात समूहद्वारा रोडा उद्योगमा आगजनी

अागजनीबाट क्षतिग्रस्त ट्रिपर । तस्बिर साैजन्य : सुरक्षा निकाय

बनेपा – नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेशिनरी तथा सवारी साधनहरूमा अज्ञात समूहले आगजनी गरेको छ। 

प्रहरीका अनुसार शुक्रबार राती रोशखिोला कटुन्जेवेंशीस्थित उद्योगमा पार्किङ गरिएको एक थान ब्याक हो लोडर, एक थान जेनेरेटर र ४ वटा टिपरमा आगजनीबाट पूर्ण क्षति भएको छ। यस्तै, क्रसर मेशिनमा बमबाट क्षति गराइएको छ । सोही स्थानमा रहेका ५ वटा टिपरका सीसा फुटाएर क्षति पुर्‍याइएको छ। 

आगजनीबाट बा४ख २९००, बा५ख ३२८६, बा५ख ३२८८ र बा२क ३२४४ नम्बरका टिपरहरूमा पूर्ण क्षति भएको छ। यीमध्ये तीन वटा टिपर कम्पनीकै नाममा दर्ता भएको र खानीदेखि उद्योगसम्म कच्चा सामान ढुवानीमा प्रयोग हुँदै आएका थिए। यस्तै, बा२क ४७८९, बा२क ३२४५, बा४ख ५१३२ र बा४ख २९०१ नम्बरका टिपरका सीसा फुटाइएको अवस्थामा रहेको छ।

यस्तै, उद्योगबाट केही दूरीको खानीस्थलमा रहेको दुई वटा एक्साभेटरहरू पनि आगजनीबाट पूर्ण क्षति भएको छ। चैत ३० गते साँझ एस्काभेटर अपरेटरहरू र टिपर चालकहरु नयाँ वर्ष मनाउने भनि हिँडेको बुझिएको छ।

साविक खनालथोक–१ का कुन्साङ लामा र धापाखेल–४ का बालमुकुन्द अधिकारीको नाममा दर्ता रहेको सो क्रसर उद्योग २०६६ सालदेखि सञ्चालनमा आएको हो। ‘सबै क्रसिङ मेशिनरी, हेभी इक्विपमेन्ट, जेनेरेटर तथा टिपरहरू गरी अन्दाजी १० करोड रुपैंयाको क्षति भएको छ’, उद्योग सञ्चालक लामाले भने ।

आगजनीसँगै क्रसर उद्योग र मेशिनरीमा राखिएका ३ थान कुकर बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। घटनास्थलबाट फर्किएका काभ्रेका एसपी सहकुलबहादुर थापाले घटनामा संलग्नहरूका प्रारम्भिक पहिचान भएकोले थप अनुसन्धान हुँदै रहेको बताए । घटना भएको उद्योगबाट ५ सय मिटरको दूरीको कटुन्जेबजारमा प्रहरी चौकी रहेको छ। 

प्रकाशित: २ वैशाख २०७५ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App