६ वैशाख २०८१ बिहीबार
कला

द्वन्द्वको कथामा अनुपको ‘दोख’

काठमाडौं – द्वन्द्वकालीन समयको कथालाई समेटिएको फिल्म ‘दोख’को फष्टलुक सार्वजनिक भएको छ। अनुप बराल निर्देशित फिल्मको फष्टलुक नयाँ वर्षको छेको पारेर फिल्मको फेसबुक पेजबाट सार्वजनिक गरिएको हो।

निर्देशक अनुपले फिल्ममा दर्शकले सामाजिक कथा र युद्धको विषयलाई हेर्न पाउने बताए। ‘द्वन्द्वकालीन समयमा नेपालका अलग–अलग भू–भागमा घटेका केहि घटनाको संयोजनबाट बुनिएको आख्यानिक कथा नै दोख हो,’उनले भने,‘जसले गाउँमा हुने फुटबल खेलसँग जोडिएर शक्तिको राजनीति र  बदलाको एउटा अनौठो तानाबुना बुन्छ।’

राजन कठैतको कथा र पटकथामा बनेको फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिप, सुरज मल्ल, देव न्यौपाने ,अनोज पान्डे, सजन थापा, कमल देवकोटा, किरण चाम्लिङ, केशव राई, दिबज राईको अभिनय छ।

भोजपुरको सुन्तले र बाघखोर गाविसमा छायांकन गरिएको फिल्म एसजीटी प्रोडक्सन र ग्रीन हिल इन्टरटेनमेन्टको व्यानरमा बनेको हो। सबिन ज्ञवालीको लगानी रहेको फिल्ममा शैलेन्द डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र आभाषको संगीत छ।

प्रकाशित: २ वैशाख २०७५ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App