coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
फोटो फिचर

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी वृद्धवृद्धाको समेत सहभागिता रह्यो। 

बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ।

थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्राका साथ सिन्दुर जात्रा मनाइएको छ।

थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।
तस्बिर: सबै दिपेश श्रेष्ठ

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App