४ वैशाख २०८१ मंगलबार
खेल

दुर्छिमलाई उपमेयर गोल्डकप

पुरस्कार लिँदै उपमेयर गोल्डकपका विजेता टिम। तस्बिर सौजन्यः कमल चामलिङ

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालन भएको उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमले जितेको छ।

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीलाई हराउँदै दुर्छिमले उपमेयर गोल्डकप महिला फुटबलको उपाधि चुमेको हो।

खेलकुदको क्षेत्रमा महिलालाई प्रोत्साहित गर्दै क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको प्रतियोगितामा दुर्छिमले राजापानीलाई २–१ गोलले पराजित गरेको थियो । प्रतियोगितामा किरात युवा समाज गणेशटार दुर्छिम तेस्रो र होरिजन हट दुर्छिम सान्त्वना भए।

हलेसी तुवाचुङ नगरपालिका र साकेला सिली फुटबल क्लब दुर्छिमको सहकार्यमा आयोजना गरिएको प्रतियोगतिामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना टोलीले  ४० हजार, २० हजार, १० हजार र ५ हजार रुपियाँ नगद प्राप्त गरे। 

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी ख्रिस्टिना राईले उच्च गोलकर्ता, राजापानीकी निनम राईले उत्कृष्ट खेलाडी र दुर्छिमकी प्रेमिका राईले उत्कृष्ट गोलरक्षकको उपाधि जिते । उनीहरूलाई जनही २ हजार रुपियाँ प्रदान गरियो।

विजेता टिमलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले पुरस्कार प्रदान गरेका थिए। 

प्रकाशित: २ वैशाख २०७५ ०४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App