coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कानुन सम्मान पुरस्कार वितरण

काठमाडौं – कानुन व्यवसायी क्लब र शंकरलाल केडिया फाउन्डेसनले कानुन सम्मान पुरस्कार वितरण गरेका छन्।

दुई संस्थाले संयुक्त प्रयासमा स्व. शंकरलाल केडिया कानु्न सम्मान पुरस्कार, कानुन युवा पुरस्कार, उत्कृष्ट कानुन पुस्तक लेखन पुरस्कार र लेख रचनामध्ये उत्कृष्ट लेखलाई सम्मान गर्ने गरेका छन्।

सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले एक लाख एक हजार रुपैयाँ राशीको स्व. शंकरलाल केडिया कानुन सम्मान पुरस्कार अधिवक्ता युगलकिशोर लाललाई प्रदान गरे।

युवा स्मृति कानुन पुरस्कार प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्रकुमार झा र स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यद्वारा लिखित दुस्कृति कानुन पुस्तकको लागि प्रदान गरिएको छ।

यस्तै, कानुन पत्रिकामा प्रकाशित उत्कृष्ट लेख रचनाका १७ जना लेखकलाई समेत कामु प्रधानन्यायाधीश जोशीले पुरस्कार वितरण गरेको शंकरलाल केडिया फाउन्डेसनले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७५ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App