coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेश ५ मा सम्भाव्यता अध्ययनमा केन्द्रित बजेट

बुटवल – प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाकालागि बजेट ल्याएको छ ।शुक्रबारको संसद बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन्। संघीय सरकारले समानीकरण अनुदान बापत प्रदेशलाइ पठाएको बजेट हो यो। बजेटमा चालु खर्चतर्फ ३६ करोड६३ लाख ८२ हजार र पुँजीगत खर्चतर्फ ३४ करोड६ लाख ७५ हजार विनियोजन गरिएको छ।

सरकारले अर्थ बजेट शीर्षकमा ३१ करोड ३४ लाख ४३ हजार छुट्ट्याएको छ। यो शीर्षकको बजेट बचत भए आगामी आर्थिक वर्षको आयमा खर्च गर्ने भनिएको छ। विकास बजेट सम्भाव्यता अध्ययनमा  केन्द्रित छ।

बजेटमा विपत व्यवस्थापन कोष, सहकारी विकास कोष र कृषि,पशुतथा मत्स्यपालनमा आधारित अनुदान कोष स्थापनाकालागि १–१ करोड विनियाजन छ। सूचना प्रविधि केन्द्रकालागि २० लाख, प्रदेश स्तरको अस्पताल तथा औषधि उत्पादनको सम्भाव्यता अध्ययनमा १० लाख छुट्ट्याइएको छ। मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत पहाड र तराईका पिछडिएका गाँउका लागि दुई करोड विनियोजन गरिएको छ।

घोराही र बुटवलमा रंगशाला निर्माण,लमही क्रिकेट मैदान मर्मत, दंगिशरण गाँउपालिकामा सांस्कृतिक ग्राम तथा पार्क निर्माणकालागि डिपिआर तयार गर्न रकम दिइएको छ। शैक्षिक पार्क निर्माण तथा जलविद्युत्कालागि सम्भाव्य योजना पहिचान गर्ने भनिएको छ। रोल्पाको थवाङमा जनयुद्ध स्मारक तथा संग्रहालय, गुल्मीको हरेवामाा आश्रित संग्रहालय र दाङ्गको धर्नामा नेत्रलाल स्मृति पार्ककालागि वजेट विनीयोजन गरीएको छ। सिकलसेल ऐनिमियाको परिक्षण तथा रोकथामकालागि बजेट विनीयोजन गरीएको छ।

प्रदेश समृद्धिको आधार मानिएका कृषि र पर्यटनको विकासकालागि नीति तथा कार्यक्रममा उल्लेख गरीएका अधिकाँस आयोजना तथा कार्यक्रमलाइ बजेटले सम्भाब्यता अध्ययन गर्ने भनेको छ। नवलपरासीको रामग्राम देखि कपिलबस्तुको तिलौराकोट सम्म मोनोरेल,लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन संभाव्यता अध्ययनकालािग रकम विनीयोजन गरीएको बजेट वक्तब्यमा उल्लेख छ।पहाडमा हिल स्टेशन, बनस्पती तथा प्राणि उद्यान,सदरमुकाम जोडने सडक कालोपत्रे,कपिलबस्तु र बाँके लक्षित साक्षरता अभियानकालागि संबोधन गरेको छ।

कृषिमा शित भण्डार, जडीबुटी उत्पादन संभाब्यता अध्ययन,सिचाइ जस्ता पुर्वाधार विकासको योजना छनौट गर्ने भनिएको छ।  अव्यवस्थित बसोबासीको समस्या समाधानकालागि एकिकृत बस्ती विकासको संभाब्यता अध्ययन र कृषि भुमी संरक्षणकालागि भुउपयोग नीतिको कार्यान्वयन गर्न पनि बजेट विनीयोजन गरीएको छ। अर्थमन्त्री शंकर पोखरेलले बजेटलाइ आमाको काखमा हुकीदै गरेको बच्चाको संज्ञा दिदै प्रदेशबासीको हातेमालोले यसलाइ आफनै खुट्टमा टेक्न सक्ने उल्लेख गरे।

प्रकाशित: २ वैशाख २०७५ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App