coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीद्धारा हिल्सा नाकाको अवलोकन

हुम्ला– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको हिल्सा नाका र लिमी लाप्चा नाकाको शनिबार हेलिकप्टरबाट अबलोकन गरेका छन्। रारा कर्णाली पर्यटन महोत्वको उद्घाटनका लागि रारा आएका प्रधानमन्त्री ओलीले शनिबार सिमिकोट विमानस्थलबाटै आम हुम्लाबासीलाई नयाँ बर्षको शुभकामना दिँदै  आफू दृढ संकल्पका साथ हुम्लाको विकासका लागि लाग्ने बताए। 

विमानस्थल विस्तार, खेल मैदान निर्माणसंगै सबै पक्षको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए। आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भष्टचार गर्न नदिने  भन्दै सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको आधारमा अगाडि बढेको उनको भनाई छ। 

भौगोलिक विकटता, प्राकतिक सुन्दरता, जैविक विविधताले भरिपूर्ण हुम्लाको विकासका लागि चीनसंग सडक संजाल जोड्ने बताउँदै अब देशभित्रको सडक संजालमा जोडिन सबैको सहयोगमा सडक निर्माण कार्यलाई पहिलो प्रथामिकतामा राखेर अगाडि बढ्ने उनले बताए। प्रधानमन्त्रीले भने, ‘२०७५ वैशाख १ बाटै कर्णालीको पर्यटन वर्ष सुरु भएको र अब हरेक वर्ष कर्णालीमा पर्यटनका कार्यक्रमहरू हुनेछन्।’ त्यही भएर आफूसंग पर्यटन मन्त्रीसहितको टिम कर्णाली भ्रमणमा निस्केको बताए। 

सिमकोट विमानस्थलमा भएको स्वागत कार्यक्रमा जिल्लाको सडक खेल मैदान अस्पतालको स्तरोन्नती लगायतको माग समेटिएको १४ बुँदे माग पत्र जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतले प्रधानमन्त्री ओलीलाई बुझाएका थिए। माग पत्र बुझ्दै प्रधानमन्त्री ओलीले मागपत्रका सबै कुरा प्रथामिकताका आधारमा सम्बोधन गर्न आफू लाग्ने आश्वासन दिए। हुम्ला जिल्लामा पाइने बहुमूल्य जडीबुटीको भण्डारसमेत भएकाले स्वदेशमै यसको स्थायी उत्पादन, प्रशोधन र खेती गर्न सके यस जिल्लाको जनजीवनमा सुधार आउने भएको हुँदा जिल्लाको हावापानी सुहाउँदो आधुनिक कृषि खेती गर्नु पर्नेमा प्रधानमन्त्रीले जोड दिए। हुम्ला जिल्लाको भौगलिक विकटताको कारणले सरकारले चाहेर पनि विकास गर्न नसक्ने भएपनि अबको सरकार विकट जिल्लाको विकासका लागि कार्य गर्ने र विकास गरेरै छाड्ने बताए। 

अब हुम्लाको सडक लगायतका विकासका लागि सरकारले कुनै पनि कसुर नराखी काम गर्ने ओलीले सुनाए। भुगोल विकट भएपनि भुगोलको आ आफ्नै महत्व हुने भएकाले यसलाई समयानुसार प्रयोग गर्न सक्नुपर्ने उनको धारणा छ।

प्रधानमन्त्रीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस्  र सहजै उपचारको सेवा पाओस् भनेर कर्णालीका सबै स्थानीय तहमा हेलिप्याडको निर्माण र  अस्पतालको स्तर उन्नतीतर्फ आफ्नो ध्यान जाने बताए।  

प्रकाशित: १ वैशाख २०७५ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App