सात बुँदे रारा घोषणापत्र जारी

शनिबार, ०१ बैशाख २०७५, १९ : ०३ नगेन्द्र उपाध्याय

सुर्खेत– नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्षहरुको मुगुको रारातालमा सम्पन्न भेलाले सात बुँदे घोषणापत्र जारी गरेको छ। शनिबार सम्पन्न भेलाले कर्णालीका साथै साना लगानीका मिडियाको प्रवर्द्धनको लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न माग गरेको छ। 

यस्तै, कर्णाली प्रदेशका पत्रकार र मिडियाको लागि सरकारले दिने उपकरण अनुदान बढाउन र कर छुट गर्न पनि भेलाले माग गरेको छ। ‘यसका साथै कर्णालीका पत्रकार महासंघका भवन निर्माणमा आर्थिक सहयोग गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्दछ।’ भेलापछि जारी घोषणापत्रमा भनिएको छ।

कर्णाली प्रदेशमा अध्यक्षहरुको भेलाले पत्रकार आचारसंहिता कार्यान्वयनका साथै पत्रकार महासंघका सदस्यता शुद्धिकरणलाई प्रभावकारी रुपमा लग्ने प्रण गरेको छ। 

केन्द्रीय सदस्य कलेन्द्र सेजुवालका अनुसार सात बुँदे घोषणापत्रमा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न, प्रदेश स्तरमा सञ्चार सम्वद्ध निकाय स्थापना गर्न माग गरिएको छ। 

यस्तै, भेलाले कर्णाली प्रदेश सरकारले घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष अभियान’लाई सफल बनाउन पत्रकार महासंघको तर्पmबाट सहयोग गर्ने र रारालगायत कर्णाली प्रदेशका प्रमुख पर्यटकीय स्थलको विकासको लागि ठोस योजना बनाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय पनि गरेको छ। 

भेलामा केन्द्रीय महासचिव रमेश बिष्ट, केन्द्रीय सदस्यद्धय पूर्णप्रसाद चौलागाईँ र गोविन्द चौलागाईँका साथै प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझा, मुख्य अधिकृत झबिन्द्र भुसाल, कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव बुढाथोकीका साथै प्रदेश अन्तर्गत जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो।






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad