७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार घर्तीमगर र भण्डारी पुरस्कृत

बागलुङ- बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन्।

नेपाल पत्रकार महासंघ बागलुङ शाखा मार्फत बितरण गर्ने गरि बागलुङ नगरपालिका २ निवासी तिर्थप्रसाद श्रेष्ठ र उहाँको परिवारले स्थापना गरेको ‘हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार–२०७५’को उत्कृष्ट खोज समाचार लेखन तर्फ नागरिक दैनिकमा कार्यरत संगम घर्तीमगर पुरस्कृत भएका छन् भने उत्कृष्ट नियमित स्तम्भ लेखन तर्फ पत्रकार राजेशचन्द्र राजभण्डारी पुरस्कृत भएका छन्।

पुरस्कृत पत्रकारलाई शनिवार प्रदेश सांसद इन्द्रलाल सापकोटाले बिशेष समारोहका बिच दोसल्ला ओढाएर नगद १५ हजार सहित सम्मान गरे। अवसरमा हरिलक्ष्मी नारायणप्रसाद स्मृति कोषका तर्फबाट नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि १ लाख १० हजार रुपैयाँ प्रदान गरिएको थियो। कोषका तर्फबाट संस्थापक सदस्य रहेका दुर्गालक्ष्मी श्रेष्ठ, रिता श्रेष्ठ र कृष्णा श्रेष्ठले उक्त रकम बराबरको चेक पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरे।

प्रकाशित: १ वैशाख २०७५ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App