८ वैशाख २०८१ शनिबार
खेल

आइपीएल : मुम्बईद्वारा दिल्लीसामु १९५ रनको लक्ष्य प्रस्तुत

नयाँदिल्ली– इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली डेयरडेभिल्ससामु १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

वानखडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९४ रन बनाए। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५३ रन बनाए। ३२ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। 

एभिन लिविसले २८ बलमा ४ चौका र ४ छक्कासहित ४८ रन बनाए। इसान किसनले ४४ रन जोडे। २३ बलमा ५ चौका र २ छक्का उनले प्रहार गरे। 

रोहित शर्माले १८ र क्रुनल पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ ट्रेन्ट बोल्ट, डेनियल क्रिस्टियन र राहुल तेवाटियाले सामान २ विकेट लिए। मोहम्मद समीले एक विकेट झारे।

टस जितेर फिल्डिङ राजेको दिल्लीले जवाफी व्याटिङ्ग गर्दैछ। आइपीएलमा तेस्रो खेल खेलिरहेको दिल्लीले अहिलेसम्म एउटा पनि जित निकाल्न सकेको छैन्।

प्रकाशित: १ वैशाख २०७५ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App