coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

दिलसानले संन्यास लिने

कोलम्बो- श्रीलंकाका ओपनर तिलकरत्ने दिलसानले दम्बुलामा अस्टे्रलियाविरुद्ध हुने तेस्रो एकदिवसीय खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने भएका छन्। ‘आइतबार दम्बुलामा हुने अस्ट्रेलियाविरुद्धतेस्रो खेलपछि मैले एकदिवसीयबाट संन्यास लिनेछु,’ बिहीबार संन्यासघोषणा गर्दै दिलसानले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘त्यसपछि ट्वान्टी–२० खेल्नेछु र पूर्ण रूपमा संन्यास लिनेछु।’

पाँच एकदिवसीय शृंखलापपछिश्रीलंका र अस्ट्रेलियाले सेप्टेम्बर ६ देखि ९ सम्म दुई ट्वान्टी–२० खेल्नेछन्। ‘दिलस्कुप सट’ बाट प्रसिद्ध दिलसानले २०१३ मा अन्तिम टेस्ट खेलेका थिए। ८७ टेस्ट खेलेका दिलसानले ५ हजार ४ सय ९२ रन बनाएका छन् भने ३९ विकेट लिएका छन्।

अफस्पिनर दिलसान ३९ वर्षको उमेरमा पनि श्रीलंकन टोलीका फूर्तिला फिल्डरमध्ये एक हुन्। उनले विश्व विजेता अस्ट्रेलियाविरुद्ध जारी एकदिवसीय शृंखलाको पहिलो दुई खेलमा २२ र १० रन बटुलेका थिए।

‘म र मेरो कमिटी उनलाई हार्दिक कृतज्ञता र उज्ज्वल भविष्यको कामना गर्दछौं,’ श्रीलंकन क्रिकेटका अध्यक्ष थिलङ्गा सुमथिपालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

स्थानीय सञ्चारमाध्यमले नयाँ कप्तान एन्जेलो म्याथ्युजको नेतृत्वमा विश्वकप २०१९ लाई लक्षित गरी नयाँ टोली बनाउने बाटो खुला गर्नदिलसानले संन्यास घोषणा गरेको बताएका छन्।

१९९९ मा जिम्बावेविरुद्धको खेलबाट डेब्यु गरेका दिलसानले ३ सय २९ एकदिवसीयमा ८६ माथिको स्ट्राइक रेटमा १० हजार २ सय ४८ रन बनाएका छन्। जसमा उनले २२ शतक सामेल छन्।

त्यस्तै उनले ७८ ट्वान्टी–२० खेलमा १ हजार ८ सय ८४ रन बनाइसकेका छन्। उनी भारतमा सम्पन्न ट्वान्टी–२०विश्वकपमा श्रीलंकाबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्।

प्रकाशित: १० भाद्र २०७३ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App