७ वैशाख २०८१ शुक्रबार
समाज

गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह

बुटवल - प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताएका छन्।

प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ जनजनमा स्वास्थ्य पहुँच हाम्रो अभियान कार्यक्रमको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पतालमा भएका साधन स्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशन दिए।

मुख्यमन्त्री पोखरेलले गरीब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो वा त्यो बहानामा प्रयोगविहीन नगर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गरे । उनले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउनु पर्ने बताउँदै उपचारको अभावमा बाहिर जानुनपर्ने वातावरण मिलाउन आग्रह गरे ।

उनले स्वास्थ्यकर्मी स्वच्छ भए स्वास्थ्य सेवा पनि गुणस्तरीय हुने बताउँदै स्वास्थ्य रहन नियमित व्यायाम पहिलो आधार रहेको विचार व्यक्त गरे ।प्रदेशका प्रमुख सचिव शंकर पाठकको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख डा उमाशंकर चौधरीले अभियान सञ्चालनको उद्देश्यका सम्बन्धमा जानकारी गराएका थिए।

कार्यक्रममा योगसमेत गराइएको थियो नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गतको यो अभियान आज प्रदेश नम्बर ५ सहित सबै प्रदेशमा शुरु गरिएको छ। रासस

 

प्रकाशित: १ वैशाख २०७५ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App