टोखामा आजदेखि बिस्केट जात्रा शुरु

शनिबार, ०१ बैशाख २०७५, ११ : ५१ नागरिक

काठमाडौँ - काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा शुरु भएको छ।प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म गरिने जात्रामा स्थानीय कुमारी र गणेशलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ।

जात्राका लागि स्थानीय गणेश मन्दिर नजिकैको ठनेलाक्षी चोकमा गत साता लिंगो ठड्याइएको थियो।उक्त टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दूर हालेर जात्रा निकालिनुका साथै स्थानीय विभिन्न देवदेवीको पूजा जात्रा अवधिभर गरिन्छ। यहाँको बिस्केट जात्रामा भक्तपुरको जस्तो जिब्रो छेड्ने परम्परा छैन ।

प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न खराब शक्तिले सर्वसाधारण जनतालाई दुःख दिन थालेपछि उनीहरुलाई सुरक्षित बनाउन सो जात्राको प्रचलन शुरु गरिएको जनविश्वास रहेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए।उनले जात्रालाई व्यवस्थित र सभ्य बनाउन जात्रा स्थलको आसपास क्षेत्रमा रक्सी तथा मदिराजन्य वस्तु खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको बताउँदै स्वयंसेवकलाई सशक्त बनाइएको बताए।

यसैबीच स्थानीय सपनतीर्थमा स्नान गर्नका लागि आज यहाँ विशेष मेला लागेको छ। मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको आउने क्रम जारी छ । उनीहरुको व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्थानीय क्लब तथा स्थानीय संघसंस्था क्रियाशील छन्।

आजको दिन यहाँ स्नान गरेमा कुनै पनि चर्मसम्बन्धी रोग नलाग्ने विश्वास छ। यहाँ प्राचीन समयदेखि सुसंस्कृत मानव सभ्यताको बसोबास रहेको तथ्य फेला परेको बताइएको छ।रासस

 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad