coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेयर कपको उपाधि एपिएफलाई

सिन्धुपाल्चोकऔ- इन्जुरी समयको अन्तिम तीन मिनेट भित्र थपेको दुई गोल मद्दतमा विभागीय टोली एपिएफले सिन्धुपाल्चोकको खेल इतिहासमै सर्वाधिक नगद राशी पुरस्कार रहेको प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि जितेको छ।

चौताराको टुँडिखेलमा शुक्रबार सम्पन्न रोमाञ्चक फाइलनमा एपिएफले पाँचपोखरी थाङपाल गाउँपालिकालाई ३–१ गोलले स्तब्ध पार्दै उपाधि उचालेको हो। निर्धारित ८० मिनेटको खेल एक/एक गोलको बराबरीमा टुंगिएपछि थपिएको तीन मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै एपिएफले दुई गोल थपेको थियो।

बिजेता एपिएफले ट्रफीको साथमा नगद २ लाख रुपैयाँ नगद पुरस्कार जित्यो। जिल्लाको खेलकुद इतिहासमा यो पुरस्कार जिल्लाकै सर्वाधिक राशी हो। सुरुवाती अग्रता जोगाउन नसक्दा उपविजेतामा सीमित पाँचपोखरीले नगद १ लाख रुपैयाँ पायो।

खेलको पहिलो हाफमै अग्रता भने पाँचपोखरीले लिएको थियो । खेलको २० मिनेटमा गोल गर्दै प्रशान्त लामाले पाँचपोखरीलाई अग्रता दिलाए । उक्त अग्रता १९ मिनेटभन्दा बढी टिक्न सकेन । म्यान अफ द म्याच घोषित हरि कार्कीले ३९ औँ मिनेटमा बराबरी गोल फर्काउँदै एपिएफको सम्भावना जीवितै राखे।

दोस्रो हाफ बराबरीमा सकिएर खेल इन्जुरी समयमा प्रवेश गर्दा बिजेता र उपविजेताको छिनोफानो लम्बिने सबैको अनुमान थियो । तर उत्कृष्ट तालमेल मिलाउँदै इन्जुरी समयको पहिलो मिनेटमै अग्रता दोब्बर बनाउँदै सुमित आलेले अपिएफको जितको आधार तयार गरे । रेफ्रीले खेल सकिएको घोषणा गर्नुपूर्वको केही सेकेन्ड अगाडि गोल थप्दै कुमार दोङले एपिएफको जित सुनिश्चित बनाए। म्यान अफ द म्याच हरिले ट्रफी र नगद ३ हजार रुपैयाँ पुरस्कार पाए ।

       उपविजेता पाँचपोखरीका आकाश लामा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा चार गोल गरेका एन्फा यू–१६ का कार्लोस बकारयलले उच्च गोलकर्ताको उपाधि पाए । उनीहरुले क्रमश : बयालीस र उनान्चालीस इन्चको रंगिन एलइडी टेलिभिजन सेट प्राप्त गरे । बिजेता एफिएफका रोशन रसाइली प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । अनुशासित टोली घोषित एन्फा यू–१६ ले नगद ६ हजार रुपैयाँ पुरकार प्राप्त गरे।

सांसद तथा पूर्वमन्त्री अग्नि सापकोटा र प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले संयूक्त रुपमा विजेता, उपविजेता टोली तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । चौतारा साँगाचोकगढी नगरपालिकाको प्रवद्र्धन तथा तोप एक्काइसको आयोजनामा डेढ साता चलेको प्रतियोगितामा १७ टोलीले प्रतिस्पर्धा गरेका थिए। आयोजक तोपका अध्यक्ष प्रत्येक वर्ष मेयर कप आयोजना गरिने जानकारी दिए।

      

प्रकाशित: ३० चैत्र २०७४ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App