coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

असाधारण महत्त्वको जिल्ला डोल्पा : प्रधानमन्त्री ओली

त्रिपुराकोट – प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक, साँस्कृतिक र जैविक विविधताले भरिएको डोल्पा असाधारण महत्त्वको जिल्ला भएको बताएका छन्। 

उनले भौगोलिक विकटता प्राकतिक सुन्दरता जैविक विविधताले महत्त्वपूर्ण मानिएको डोल्पाको विकासको लागि सबै भन्दा पहिला राष्ट्रिय सडक सन्जालमा जोडिनु पर्नेमा जोड दिए।

डोल्पालाई सडक सन्जालमा छिटो भन्दा छिटो जोड्नको लागि चालु आर्थिक वर्ष भित्रै २० करोड रुपैयाँ उपलब्ध गराइने समेत प्रधानमन्त्री ओलीले बताए।

०७५ वैशाख १ गतेबाट शुरु हुन लागेको कर्णाली रारा पर्यटन वर्षको उद्घाटनको लागि मुगु जानेक्रममा डोल्पा आइपुगेका प्रधानमन्त्री ओलीले डोल्पाली जनतालाई सम्बोधन गर्ने क्रममा यस्तो भनेका हुन।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तरगत पर्ने श्रीबाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन तथा पूजा गर्न डोल्पा पुगेका प्रधानमन्त्र्री  ओलीलाई डोल्पाली जनताले भव्य स्वागत गरेका थिए।

डोल्पा महत्वपूर्ण जडिबुटी यार्सागुम्बा पाँच औले लगायतका बहुमूल्य जडिबुटीको भण्डार समेत भएकाले स्वदेशमै यसको स्थायी उत्पादन प्रशोधन र खेती गर्न सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताउँदै हावापानी सुहाउँदो बेमौसमी तरकारी खेती स्याउ ओखर अँगुर लगायतको बहुआयामिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिने कुरामा समेत प्रधानमन्त्री ओलीले जोड दिए।

डोल्पा लगायतका पहाडी जिल्लाहरूमा छरिएर रहेको र कुनाकन्दरामा मानव बस्ती रहेको सबै ठाउँमा सबै प्रकारको सेवासुविधा भौगालिक विकटताको कारणले सरकारले चाहेर पनि विकास गर्न नसक्ने भएकाले असुरक्षित ठाउँमा बसेका जनतालाई एकीकृत बस्तीको रुपमा विकास गर्न सुरक्षित स्थानमा सार्ने योजनामा आफ्नो सरकार रहेको पनि प्रधानमन्त्री ओलीको कथन थियो। डोल्पाली जनताको समस्या हेरौं बुझांै र गराँै भन्ने आधारमा आफू डोल्पामा आएको उल्लेख गर्दै आफ्नो सरकार भ्रष्ट्रचारमा सून्य शहनसिलताको आधारमा अगाडि बढेको बताए।

पच्चीस मिनेटको आफ्नो सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्यात्मक ढंगबाट आफूले ११ वर्ष अघि फेरेको किड्नीको आधारमा रिष्टपुष्टका साथ फुर्तिलो भएर अगाडि बढेको र आफूमा कुनै समस्या नरहेको बताउन समेत पछि परेन।
प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युवरण गर्न नपरोस भनेर सबै स्थानीय तहमा हेलिप्याडको व्यवस्था गरिने र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा नियमित हवाई सेवाको व्यवस्था गरिने बताए।

०७५ वैैशाख ५ गतेबाट सरकारले सबै बालबालिकालाई भर्ना अभियानको रुपमा लिएकाले सबैलाई आआफ्ना बालबालिका विद्यालय भर्ना गर्न अनुरोध गर्दै आर्थिक विपन्न परिवारका बालबालिकालाई काठमाडौँमा निशुल्क पठनपाठनको व्यवस्था गरिने बताउँदै डोल्पाबाट आथिक विपन्न परिवारका बालिका पहिचान गरेर पठाइ दिन समेत आग्रह प्रधानमन्त्री ओलीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा डोल्पालीको माग पत्र पढ्दै पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले जाजरकोट डोल्पा निमार्णधिन सडकलाई राष्टिय गौरवको योजनाको रुपमा राखी बजेट विनियोजन दक्षिण रुपैडिहा जमुना नाका हुँदै उत्तरी सीमा धो मोम्ला सम्मको सडक निर्माण, धोमा स्थायी चेकपोष्टको पहल, ०७५ सालमा शे फोक्सुण्डो पर्यटन महोत्सवको लागि पहल त्रिपुरासुन्दरी भगवती मन्दिर राजारानी क्षेत्रको विकास लगायतको योजना समावेश गरी विकास बजेट विनियोजन गरिदिन माग गरेका थिए। 

प्रकाशित: ३० चैत्र २०७४ १३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App